कोहलपुर ।
सल्यानी समाज बाँकेले कलाकार कुल बहादुर वलीलाई भव्य स्वागत तथा सम्मान गरेको छ । नेपालगञ्जमा शुक्रबार भएको कार्यक्रममा सल्यानी समाज बाँकेको आयोजनामा कलाकार कुल बहादुर वलीलाई भव्य स्वागत तथा सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष दशरथ चन्दले सल्यान जिल्लाको भाषा संस्कृतिको जर्गेना गर्ने र कलाकारीता क्षेत्रबाट अव्वल रुपमा पहिचान भएको कलाकारलाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । हामी बाँके जिल्ला आएपनि सल्यानीको भाषा भुषभुषा, संस्कृतिन भुल्न नहुने कुरामा जोड दिएका थिए ।
कलाकार कुल बहादुर वलीले सम्मान कार्यक्रममा बोल्दै सल्यानको पहिचान र भाषा संस्कृतिको जर्गेना गर्नुपर्ने बताएका थिए । उनले सल्यानीहरुको एकता र बलियो आधार हुने समेत दाबी गरे । यस्तै सल्यानी समाज बाँकेका जेष्ठ नागरिक मोहनलाल डाँगी, समाजका अध्यक्ष दरशथ चन्द, पदाअधिकारी समाजसेवी, विभिन्न राजनितिकर्मी, पत्रकार लगायतको उपस्थित रहेको थियो ।
भिडियाे सहित..
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्