सल्यानमा बेहुली लिएर जाँदै गरेको जीप दुर्घटना




सल्यान । सल्यानमा दुलही लगेर जाँदै गरेको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आज दिउँसो करिब सवा ३ बजे शारदा नगरपालिका–९ को ज्वालापुरमा दुर्घटना भएको हो ।

भागाचौरबाट थापाचौरतर्फ गइरहेको लु.प्र.०२–००१ ज.००२१ नम्बरको जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा २४ वर्षीय दुलाह चेतराम गिरी र २० वर्षीया दुलही कमला गिरी पनि घाइते भएका छन् ।

त्यसैगरी,दुर्घटनामा गुमी कवर, सोभा कवर, हरीकला कवर, प्रविन कवर , रेनुका कवर, हेमराज कवर, कुमारी बुढाथोकी, प्रमिला गिरी, बिमला गिरी र रुपराल गिरी घाइते भएका छन् । घटनामा घाइते हुने सबै भागाचौरकै हुन् ।

प्रहरीका अनुसार घाइतेहरू सबैको उपचार जिल्ला अस्पताल सल्यानमा भइरहेको छ ।

जीप चालक वनगाड कुपिण्डे नगरपालिका–१२ का करिब २६/२७ वर्षका हरीबहादुर बुढा फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार