Kohalpur Today Header Ads

पत्रकार महासंघ बाँके शाखाद्वारा १३ बुँदे घाेषणापत्र जारी




नेपालगन्ज ।

नेपाल पत्रकार महासंघ बाँके शाखाको १३औं साधारणसभा शनिवार नेपालगञ्जमा सम्पन्न भएको छ । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले साधारणसभाकाे उदघाटन गरेका थिए ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभाको उदघाटन सत्रमा विभिन्न विधामा कलम चलाउने सञ्चारकर्मीहरुलाई पुस्कारसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले विभिन्न विधामा कलम चलाउने सञ्चारकर्मीहरुलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरेका थिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/321415804_842543976816725_3876250130860779182_n.jpg?_nc_cat=108&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=DJyf0B3cfgEAX9qcoVC&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdSK8FoWC4dp_ydo2FhMYq-CVe99A08Wy7yTM8Dw8PQK9Q&oe=63E24139

कार्यक्रममा बाेल्दै पाेख्रेलले पत्रकारीता क्षेत्रलाई मर्यादित बनाउनुपर्नेमा जाेड दिएका थिए । पत्रकार शुद्धीकरण गर्ने अधिकार जिल्ला शाखामा नै निहित भएकाे बताउँदै अध्यक्ष पाेख्रेलले शुद्धीकरणकाे अभियान संचालन गर्न समेत आग्रह गरेका थिए ।

‘को पत्रकार हो, को होइन भन्ने कुराको जानकारी जिल्ला शाखालाई हुन्छ ।’ अध्यक्ष पाेखरेलले भने, ‘सदस्य शुद्धिकरणकाे काम पनि जिल्ला शाखाले गर्नसक्छ ।’

कार्यक्रममा पत्रकार महासंघका महासचिव राेशन पुरीकाे समेत सहभागिता रहेकाे थियाे ।

साधारणसभाले सचिव कमल डाँगिले प्रस्तुत गरेकाे साँगठनिक प्रतिवेदन र काेषाध्यक्ष विनाेद पाैडेलले प्रस्तुत गरेकाे आर्थिक प्रतिवेदन पास गरेकाे छ । साधारणसभाबाट १३ बुँदे घाेषणापत्र समेत जारी गरीएकाे छ ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस २४ गते आइतबार