जेनजी आन्दोलन : कपिलवस्तुमा भागेका १४१ कैदीबन्दी अझै नियन्त्रणमा आएनन्




बुटवल । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा कपिलवस्तु कारागार तोडफोड गरी भागेका १४१ कैदीबन्दी अझै प्रहरीको सम्पर्कमा आउन सकेका छैनन् ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भागेका ४३० कैदीबन्दीमध्ये १४१ जनालाई नियन्त्रण लिन बाँकी रहेको रातोपाटीलाई बताए।

उनले ती भागेका कैदीबन्दीहरुको खोजी कार्य भइरहेको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार