वेष्टर्न माविमा त्रैमासिक परिक्षामा उत्कृष्ट हुने गाहा सम्मानित, गाहालाई शत प्रतिशत छात्रावृत्ति




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका—५ मा रहेको वेष्टर्न माध्यमिक विद्यालयले पहिलो त्रैमासिक परिक्षामा सर्वोउत्कृष्ट हुने ईसा गाहालाई सम्मान सहित शत प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ ।

पहिलो पटक कक्षा ११ सञ्चालन गरेको वेष्र्टन माविले पहिलो त्रैमासिक परिक्षामा सर्वोउत्कृष्ट हुने गाहालाई सम्मान सहित शत प्रतिशत छात्रवृत्ति प्रदान गरेको हो ।

यस्तै वेष्टर्न माध्यमिक विद्यालयका संस्थापक कुवेर बस्नेतले यो पहिलो त्रैमासिक परिक्षा हो, पहिलो त्रैमासिक परिक्षामा सर्वोउत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई दोस्रो त्रैमासिक परिक्षासम्म शत प्रतिशत छात्रवृत्ति प्रदान गर्ने बताए ।

‘उत्कृष्ट नम्बर प्राप्त गरेकी गाहालाई शत प्रतिशत छात्रवृत्ति प्रदान गरेका छौं, उनले भने, थप विद्यार्थीहरुलाई पनि शत प्रतिशत छात्रवृत्ति प्रदान गर्न पाउने आशा राखेको छु ।’

आगामी दिनमा पनि कक्षा ११ मा अध्ययनरत बालबालिकाहरुले थप हुने त्रैमासिक परिक्षामा उत्कृष्टता नम्बर ल्याए भने हामीले पनि शत प्रतिशत छात्रवृत्ति वितरण गर्न पाउनेछौं भन्ने आशा राखेको उनको भनाई थियो ।

यस्तै वेष्टर्न माध्यमिक विद्यालयका प्रिन्सिपल उमेश श्रेष्ठले उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साहनको रुपमा शत प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको बताए । विद्यार्थीहरुमा नयाँ जागरुक, उर्जा, सिर्जनशिलता, कलात्मक भावनाको विकास गराउँदै पढनपाढनमा उत्कृष्टता बनाउने योजनाका साथ यो योजना ल्याएको प्रिन्सिपल श्रेष्ठले बताए ।

यस्तै वेष्टर्न क्याम्पस प्रमुख राजु दहालले ४ वटा सेक्सनमा विभाजन गरी अध्यापन गराइराखेका बताउँदै बढि भन्दा बढि विद्यार्थीलाई छात्रवृत्ति दिने प्रतिबद्धता व्यक्त गरे । कक्षा ११ मा शत प्रतिशत नतिजा निकाल्नका लागि गृह योजना निमार्ण गरी अगाडी बढिरहेको दहालले बताए ।

यस्तै ईशा गाहाको अभिभावक आमा दिपा गाहाले उत्कृष्टता प्रदान गरेकी छोरीलाई विद्यालयले शतप्रतिशत छात्रवृत्ति प्रदान गर्नुभएकोमा विद्यालयलाई धन्यवाद दिएकी थिइन् ।

‘हाम्रो आर्थिक अवस्था कमजोर भएको भएपनि जेनतेन गर्दै छोरीलाई यहाँ पढाएका छौं’ उनले भनिन्, ‘उत्कृष्ट नतिजा ल्याएको सुन्दा निकै खुसी भएका थियौं, त्यसमा थप विद्यालयले शत प्रतिशत छात्रवृत्ति दिँदै अझै उत्साह भएका छौं ।

‘एउटा बुवाआमालाई यो क्षण निकै अमुल्य हुन्छ, छोराछोरीले राम्रो ग¥र्यो र राम्रो पढ्यो भने हामीले गरेको दुःख केही लाग्दैन’ उनले थपिन्, ‘मेरो श्रीमानले अटो चलाउनुहुन्छ, मेरो सानो पसल छ त्यसबाट घर चलाइरहेका छौैं ।’ दुईचारपैसा बचाएर यहाँ छोरीलाई पढाइरहेका आमा दिपा गाहाले बताइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ पुस ३ गते बिहीबार