Kohalpur Today Header Ads

यसरी घटाउन सकिन्छ तौल




सक्रिय जीवन अपनाउनु

सधैं सक्रिय जीवनयापन गर्नुपर्छ। यसकोलागि विविध प्रकारका शारीरिक क्रियाकलाप र व्यायाम हुन जरुरी छ।

सन्तुलित भोजन खानु

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

मोटो भयो भन्दैमा खाना खानै छोड्नु बानी गर्नुहुँदैन। विशेषगरी,दैनिक तीन पटक सन्तुलित खाना खानुपर्दछ। हरेक खाद्य समुहबाट आवश्यक परिणाममा पोषिलो खाद्यपदार्थ छनोट गर्नुपर्छ।

क्यालोरी कम गर्नुपर्छ

बढी प्रोटिन,चिल्ले र कार्बोहाइड्रेट भएको खाद्यपर्दाथ क्यालोरी बढाउने भएकाले साधारणभन्दा कम क्यालोरी दिने भोजन छनोट गर्नुपर्छ।
स्वस्थकर चिल्लोको प्रयोग गर्नुपर्छ शरीर स्वस्थ राख्न केही चिल्लो पदार्थको आवश्यक पर्ने हुनाले सकेसम्म वनस्पति स्रोतबाट प्राप्त अतृप्त फ्याटी एसिड भएको खाद्य पदार्थ जस्तै: दाल, गेडागुडी, भटमास आदि प्रयोग गर्नुपर्छ।

खाजा भोक लाग्दा मात्र खानुपर्छ

मुख्य खानाबाहेक बीचबीचमा खाइने खानाले पनि तौल बढाउन मदत गर्छ। एक त यसप्रकारको खाजा बढी चिल्लो हुने हुने, अर्को कुरा पटकपटक खाँदा अनावश्यक भन्दा बढी सक्छ।

प्रशस्त पानी पिउनुपर्छ।

स्वस्थ रहन दिनमा प्रशस्त पानी पिउनुपर्छ। यसबाहेक खाना खानु आधा घण्टा अगाडि पानी पिउँदा खानाको परिणाम कम गर्न मदत गर्छ।
बेलुकाको खानामा स्न्याक्स खाना रोज्नुपर्छ बेलुकीको खाना खाइसकेपछि पनि केही खाजा खाइन्छ भने त्यस्तो बानीलाई हटाउनुपर्छ। यदि साँच्चै भोक लागेको छ भने यस्तो स्थितिमा केही फलफूल,कम चिल्लो भएको दूध खान सकिन्छ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २५ गते शनिबार