कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका गोलपार्कको भ्यू टावर परिपरी सरसफाई कार्यक्रम गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा नियमित रुपमा कोहलपुर नगर सरसफाई कार्यक्रम अन्तर्गत आज कोहलपुर ११ भ्यू टावर वरिपरी सरसफाई कार्यक्रम गरिएको हो ।
कोहलपुर नगर प्रहरीका प्रमुख विर बहादुर थापाको नेतृत्वमा कोहलपुरका विभिन्न चोक चौराहहरुमा सरसफाई अभियान सुरु भएका छन् । कोहलपुरको उत्तरमा कौशिलानगर, दक्षिणमा हवल्दारपुर, पुर्वमा रोहिनी खोला, पश्चिममा मदनचोक लगायत क्षेत्रभित्र नियमित रुपमा सरसफाई गरिरहेका छन् ।
सरसफाई कार्यक्रममा गोलपार्क उपभोक्ता समितिका संयोजक तथा पदाअधिकारी, स्थानियहरुको समेत उल्लेख्य उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्