नेकपा (एस) निकट युवा संघ नेपाल कोहलपुरको अध्यक्षमा कुवर




काेहलपुर ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) निकट युवा संघ नेपाल कोहलपुर नगर कमिटीको अध्यक्षमा दिपेन्द्र जंग कुवर चयन भएका छन् । शुक्रबार भएको युवा संघ नेपाल कोहलपुर नगर कमिटीको भेलाले कुवरको अध्यक्षतामा २३ सदस्यीय युवा संघ नेपाल कोहलपुर नगर कमिटीको गठन गरेको हो ।

त्यस्तै शुक्रबार नै भएको भेलाले नेपाल खेलकुद महासंघ समाजवादी कोहलपुर नगर कमिटीको अध्यक्षमा सुमन गुरुङ चयन भएका छन् । गुरुङको अध्यक्षतामा २२ सदस्यीय खेलकुद महासंघ समाजवादी कोहलपुर नगर कमिटीको गठन गरिएको नेकपा एकीकृत समाजबादी बाँकेका प्रचार बिभाग प्रमुख करिश्मा योगिले जानकारी दिनुभएको छ ।

युवा संघ नेपाल कोहलपुर नगर कमिटीले आयोजना गरेको बिस्तारित नगर भेलामा बोल्दै नेकपा एकीकृत समाजबादीका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज अशोक कोइरालाले युवा संघले नै नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने शक्ति रहेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अहिलेको एमसिसी विरुद्ध समेत युवा शक्तिले जै सरकारलाई खबरदारी गर्दै आएको बताएका थिए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजबादीका केन्द्रिय सदस्य तथा बाँके सह(इन्चार्ज अब्दुल हुसेन खानले युवा संघ नेपालले राष्ट्र हितको लागी कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउने बताएका थिए । खाले नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघ नेपाल बाकेका अध्यक्ष राजु तामाङले युवा संघ नेपाल बाके जिल्लामा राम्रो पकड राख्ने संगठको रुपमा उभिएको र युवा संघ बाँकेमा अन्य पार्टी छोडेर जोडिने क्रम रहेको समेत बताएका थिए ।

अध्यक्ष तामाङले युवा संघ बाँके जिल्लामा पहिलो शक्तिको रुपमा रहेको छ । पार्टीको फुटमा पनि युवा संघ एकढिक्का भएर सहिको साथ दिदै नेकपा एकीकृत समाजबादीमा समाहित भएको बताएका थिए ।

कार्यक्रममा नेकपा एसका केन्द्रिय परिषद सदस्य तथा खेलकुदका वरिष्ठ उपाध्यक्ष बिनोद मैनाली, युवा संघ नेपालका महासचिव दिपक जिएम, अनेम संघ केन्द्रिय सदस्य मन्जु कोइराला, युवा संघ बाँकेका सचिव सुनिल रसाइली लगायत जिल्लाका नेताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा खेलाडीलाई पार्टीले खेलकुद सामाग्री पनि हस्तान्तरण गरेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन १५ गते आइतबार