हिन्दूहरुको दोस्रो महानचाड तिहार एवम् भाइटीका हो । यो चाड पाँचदिन सम्म चल्ने गर्दछ । हिन्दूहरुको पहिलो महानचाड विजया दशमी पछिको पन्ध्रदिनपछि यो चाड सुरुहुन्छ । कार्तिक कृष्णपक्षको सूर्य दक्षिणायणे शरदऋतुको त्रयोदशी तिथिदेखि सुरुभई यमद्धितीया भाईटीकाको दिन समाप्त हुने गर्दछ । यो चाडको पहिलो दिन कागतिहार, दोस्रो दिन कुकुरको तिहार, तेस्रो दिन लक्ष्मी पुजा गाई तिहार चौथो दिन गोरु तिहार र पाँचौ दिन यमद्धितीय भाईटीका लगाएर समापन गर्ने प्रचलन रहेको छ । यो वर्ष १४ गतेदेखि सुरु भई १८ गते सकिन्छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहारे हो । चान्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।
यमपञ्चकको तेस्रो दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व ममनाउने गरिन्छ । उक्तदिन दिनभरी गाईको गोवरले घर सफासुग्घर र लिपपोत गर्नु पर्दछ । यसरी लिपपोत गरी सफा भएको घरमा लक्ष्मीले बास गर्ने धार्मीक मान्यता रहेको छ । लक्ष्माीपुजाको दिन घरलाई सफासुग्घर गर्न गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरी लक्ष्मीलाई निमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सृङ्घार, कौसी, अटाली र भ¥याङ, बरन्डा, बाउन्ड्री लगायतका विभिन्न स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ जसलाई नै हामीले दीपमालिका भन्ने गर्दछौं । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रीमध्ये यो एक रात्री हो ।
लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो निर्माण गर्नु पर्दछ । दीपावली गरिसकेपछि पूजा कोठामा दिप (वत्ति), कलश र गणेश सहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । लक्ष्मीपूजा पछि कन्या केटी र छोरीबहिनी एवम् चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने चलन छ । घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास पनि त्यतिकै रहेको छ भने कतिपय शास्त्रमा लक्ष्मी पुजाको दिनमा अनिवार्य कुनै न कुनै सामानहरु किनेर घरमा नयाँ वस्तु ल्याउने प्रचलनरहेको भएपनि कतिपयको भनाइमा लक्ष्मी पुजाको दिन धनपैसा बाहिर फाल्दा वा नयाँ चिजवस्तु किन्दा सधैंभरी धनपैसा खर्चहुने मानवीय विश्वास रहेको छ । तर उक्त दिन कुनै न कुनै नयाँ चिजवस्तु किनेर ल्याई लक्ष्मीको पुजा गर्दा उक्त चिजवस्तुको पुजा गर्नु राम्रो मानिन्छ ।
यस्तो छ लक्ष्मी पूजासम्बन्धी मान्यता
सत्ययुगमा वामन अवतार भगवान विष्णुले दानवराज बलीसँग तीन पाउ भूमि मागेका थिए । तब भगवानलाई सन्तुष्ट पार्न दिपावली गरी दानवराजले वीरको अनुपम उदाहरण प्रस्तुत गरेका थिए । यमपञ्चको अवसरमा गरिएको सो पूजामा लक्ष्मीले सधैं बास गरुन भन्ने आर्शिवाद मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक मान्यता रहेको छ । यसकारण यमपञ्चकमा लक्ष्मी पूजालाई विशेष महत्व दिन थालिएको हो ।
कसरी गर्ने लक्ष्मी पूजा
स्वस्तिक चिह्न भगवान लक्ष्मी मनपर्ने चिह्न हो । लक्ष्मी पूजाको समयमा लक्ष्मीलाई घरभित्र भित्राउन घरको मूल ढोकामा स्वस्तिक चिह्न बनाइन्छ । त्यसैगरी पहेँलो कौडी लक्ष्मीलाई धेरै नै मनपर्छ । त्यसैले लक्ष्मीलाई खुसी पार्न पूजा गर्दा पहेँलो कौडी प्रयोग गर्न सकिन्छ । वैदिक कालमा सुनले मुद्राको काम गरेको थियो । धन र समृद्धिको देवी लक्ष्मी भएकाले लक्ष्मीले सुन मन नपराउने कुरै भएन । त्यही भएर लक्ष्मी पूजा गर्दा धनसम्पत्ति रोखेर पूजा गर्ने गरिन्छ । हुन त पूजा गर्नु कुनै ठुलो काम होइन तर त्यो दिन भने लक्ष्मीको विशेष पूजा गरिन्छ । सर्वप्रथम विहानै देखि व्रत बस्ने वा निराहार रहने र दिउँसोतिर स्नान गरेर गाईको गोबर वा रातो माटोले घर लिप्ने यदि सिमेन्टद्धारा बनेको घर छ भने गाइृको पिसाव पानीमा राखी चारैतिर छर्कने र पोछा लगाउने सबैतिर पुछ्नुपर्छ ।
लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा पनि राम्रोसँग सरसफाइ गरेर दिप (वत्ति), कलश र गणेश, सरस्वती, लक्ष्मी, श्रीयन्त्र, कुबेरयन्त्र सबैलाई पूजा गर्ने स्थानमा स्थापना गर्ने । त्यसपछि दीप प्रज्वलन गरी बत्ति प्रज्वलन गर्ने, कर्मपात्रोको पुजागरी सुरुमा दिपपुजा गर्ने, त्यसपछि कलश पुजा गर्ने अनि सिद्धिगणेश भगवानको पुजा गर्ने त्यसपछि लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना, पैसा लगायतका सामानहरूको पण्डित वा तथा आफैं पूजा गर्ने । यी सबै धगवानको पुजा महिमा अन्य पुजामा गरे जस्तै विधिले गर्नु पर्दछ । त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङ्लोमा धान, चामल राख्ने त्यसपछि ११ ओटा दियो मुख्य कोठामा प्रज्ज्वलित गर्नको लागि घ्यू र तेलमा बलेका दियो अगाडि राख्ने । कलशमाथि चामल सहितको चरेसको थाल राख्ने । त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने ।
लक्ष्मी पुजाको विशिष्टता
हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रङ्गको पुरापुरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले वा रातो माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरूले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारिएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेल रोटी, अर्सा अनि अनर्साको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिरझीर गरिरहेको छुरछुरे (झिर झीरे), आकाश छुँला जस्तो गरी उज्यालोको फोहोरा छर्ने फूलझरी लगायतका रौनकहरूबाट लक्ष्मीको सवागत गर्ने प्रचलन छ । यो नै लक्ष्मीपुजाको विशिष्टता हो । उक्त दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री (सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरू वा थम्बाहरूलाई वैदिक सनातन हिन्दू संस्कारमा अत्यन्त महत्वपूर्ण लिइन्छ ।
विशेषगरी विवाह, व्रतबन्ध, पुराण या अन्य शुभ कार्यमा अनिवार्य जसो केराका एक जोर खम्बाहरूलाई मूलद्वारमा राख्ने गरिन्छ । यी द्वारहरूबाट वर्षै भरी खुसी अनि उत्साहको प्रवेश हुने धार्मिक मान्यता रहेको छ । ऊर्जावान तिहारको उज्यालो लक्ष्मी पुजा किन गरिन्छ ? यस्तो छ धार्मिक मान्यता लक्ष्मी पूजाको दिनसाँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस लक्ष्मी र धनधान्यको आगमन होस’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको छ । उक्त दिनदेखी नै साँझ युवायुवती, केटाकेटी, बयोबृद्ध, आमासमूह, विद्यार्थीहरुले अलग अलग समूह बनाई घरघरमा भैलो खेल्न समेत सुरु गर्ने गरिन्छ ।
वरदान पाएका बलिराजाले भलो होस भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने गरिएको हो । ‘भलो होस’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई देउसी भैलो हुन गएको हो । उक्तदिन देखि भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुलपरम्परा अनुसार कतै बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ । शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्लप्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको छ । ॐ द्यौः शान्तिरन्तरिक्ष द्ध शान्तिः पृथिवी शान्ति रापः शान्तिः रोषधयः शान्तिः । वनस्पतयः शान्ति र्विश्वेदेवाः शान्ति ब्रह्मशान्तिः सर्व द्ध शान्तिः शान्तिरेवशान्तिः सामाशान्तिरेधि ।। भनी अभिषेक गरी टीका जलप्रसाद लाई दिने । ब्राह्मण ब्राह्मणी कन्या आदिलाई टीका दक्षिणा दिई भोजन गराई पूजा समाप्त गराउनु पर्दछ ।
यस्तो छ संस्कृतमा लक्ष्मी व्रतकथा प्रारम्भः
स्कन्द उवाच । येनेदं स्वीकृतं पूर्वं कथमस्मिन्प्रकाशितम् । बरूहि मे तत्वतो देव यद्यहं तव वल्लभ । शङ्कर उवाच (आसीद्राजां सार्वभौमो मङ्गलार्ण इति श्रुतः । कुण्डिने नगरे रम्ये तस्य पद्मावती प्रिया । तमागतः कश्चिदेकः सेवको ब्राह्मणोत्तमः । अज्ञातनाम्नस्तस्यासौं नाम चक्रे नृपस्तदा । तव्लक इति ख्यातो वभूव द्विजसत्तमः । कदाचिन्मृगयासङ्गो भूपालो वनमाविश । तत्र विद्ध्वा वराहादीन मृगानहत्वा सहस्रशः । क्षुत्तृडपरिगतः शान्तो वृक्षमूलमुपाश्रितः । उदकान्वेषणे चारान्प्रेषयामास सर्वशः । वने जलं तु नापश्यन क्वचिद्भान्त्या प्रयत्नतः । ते गत्वा नृपतिं प्रोचुर्नात्राम्भ इति दुःखिताः । तवल्लकोऽपि वभ्राम विपिनं तदतन्द्रितः । भ्रममाणःसरोऽपश्यत् कस्मिश्चिद्वनगह्वरे । तत्रापश्यद्देवकन्या दिव्यरूपा मनोरमाः। चार्वङ्गीश्चारुनयना पीनोन्नतपयोधराः । हारकङ्कणकेयूरनूपुरालङ्कृताः शुभाः । पूजयन्तीर्माहालक्ष्मीं व्रतरूपेण सादरात् । तवल्लकोऽपि पप्रच्छ किमिदं कथ्यतामिति । स्त्रियः ऊचु । महालक्ष्मीब्रतमिदं सर्वकामफलप्रदम् । क्रियते ऽस्माभिरेकाग्र मनोमिस्तत्रभक्तितः । तवल्लकोऽपि तच्छुत्वा व्रतं जग्राह भक्तिमान । तदनुज्ञां गृहीत्वास्य जलमादाय सत्वरम । आजगाम जलं तस्मै दत्वा प्राञ्जलिना सह। जलं पीत्वा नृपस्तस्य दृष्ट्वा वै डोरकं करे । किमिदं डोरकं विद्वन् किं व्रतं कृतवानसि । राज्ञा पृष्टस्तवल्लोऽपि कथयामास तद्रुतम । तच्छ्रुत्वा राजशार्दूलो व्रतं जग्राह भक्तिमान्। तवल्लकेन सहितो राजा स्वपुरमाययौ । पद्मावती गृहं गत्वा तया रन्तुं गतस्सहः रममाणाय सा देवी तेन राज्ञा प्रियेण वै । तं दृष्ट्वा डोरकं हस्ते कुपितात्यन्तकोपना । आजगाम जलं तस्मै दत्वा प्राञ्जलिना सह। जलं पीत्वा नृपस्तस्य दृष्ट्वा वै डोरकं करे । किमिदं डोरकं विद्वन् किं व्रतं कृतवानसि । राज्ञा पृष्टस्तवल्लोऽपि कथयामास तद्वतम् । तच्छत्वा राजशार्दूलो व्रतं जग्राह भक्तिमान्। तवल्लकेन सहितो राजा स्वपुरमाययौ । पद्मावती गृहं गत्वा तया रन्तुं गतस्सह । रममाणाय सा देवी तेन राज्ञा प्रियेण वै । तं दृष्ट्वा डोरकं हस्ते कुपितात्यन्तकोपना । कया तु वञ्चितो राजन् कया बद्धं सुडोरकम् । ह्येतल्लक्ष्मीब्रतमनुत्तम । इत्युक्ता तु प्रियेणासौं हस्ते चिच्छेद डोरकम । ज्वालामालाकुले बह्रौ क्षिप्तवत्यतिकोपना । हाहाकष्टमिदं पापं कृतं मूढतया त्वया । इति निर्भत्स्य तां राजा तत्याज बनगह्वरे । सा च हानिं ययौ पश्चात्तत्र हानिं ययौ नृपः । महालक्ष्म्यपचारेण शारण्यं जलवर्जिते । मृगमाणा वने तस्मिन्न काञ्चिद्गतिमाप्नुयात् । बिचरन्ती वने तस्मिन ऋषेः कस्यचिदाश्रमम । ददर्श मृगसङ्कीर्णं शान्तं कृष्णमृगान्वितम । तत्रापश्यद्वने रम्यं वसिष्ठ. मुनिपुङ्गवम । ववन्दे चरणौ तस्य विसंज्ञा दुःखकर्शिता । चिरं ध्यात्वा मुनिस्तस्या ज्ञानवान् दुःखकारणम । महालक्ष्म्यपचारेण ज्ञातं विज्ञानचक्षुषा । तव्रतं कारयामास तस्या दुःखोपशान्तये । तदुःखं तत्क्षणंदेव विनष्टमभवत्तदा । पुनश्च मृगयासक्तो भूपालो वनमाविशत् । कञ्चिन्मृगं समाविध्य वाणेनैकेन बाहुमान् । अन्वगच्छन्मृगपदं तस्यां भुवि समागतः । वरं मुनिं ददर्शाग्रे वसिष्ठ. बीतकल्मषम् । कृतातिथ्यक्रिथो दृष्ट्वा चरन्तीं बहिरन्तिकाम । हावभावविभावाधै र्हरन्तीं हरिणेक्षणाम् । मन्दां निर्गत्य नृपतिः प्रोवाच मधुरं वचः । वामोरु कासिकल््याणि किमर्थ चरसे वने । किन्नरी मानुषी वा त्वं यक्षिणी चारुहासिनो । किमत्र बहुनोक्तेन भजमानं भजस्त्र माम् । नृपेण तेन भक्त्योक्ता सस्मिता वाक्यमब्रवीत । पुनर्भजामि चाहं त्वामवेहि महिषीं तव । महालक्ष्म्यपचारेण त्वया हीना बसाम्यहम्। मुनीन्द्रस्याश्रमे रम्ये तरुगुल्मोपशोभिते । विधिवत्सर्वविघ्नोपशान्तये । यथोक्तं वचनं श्रुत्वा स चोत्फुल्लविलोचनः ऋषेरनुज्ञामाधाय प्रियामादाय सत्वरम् । हृष्टपुष्टजनैर्जुष्टः पताकाध्वजशोभितम् । प्रविवेश तया साद्ध सपौरैरभिवन्दितः । महालक्ष्म्या व्रतं सम्यक् तया सह चकारह । भुक्त्वा सभोगान् विपुलान पुत्रः पौत्रैः समावृतः । भूपालः सार्वभौमोभूत्तवल्लोऽमात्यतां ययौ । महालक्ष्मी प्रसादेन सत्रिधिस्सर्वसम्पदाम् । एवं प्रभावा सादेवी नराणामिष्टदायिनी । सर्वपापहरा चैव सर्वदुःखापहारिणी । एवं षोडशवर्षं तु कर्तव्र्य व्रतमुत्तमम् । या करिष्यति तां भक्त्या स्वयं सिद्धिरूपा सते । लोकपालाश्च पुष्णन्ति देवा इव मनोरथान् । नारी वा पुरुषः करिष्यति भुदा भक्त्या व्रतं यत्नतः । सेवान्तै हरिरुद्रपद्यजसुराः पुष्यन्ति तस्य श्रियम् । तत्पादौ परिरञ्जयन्ति मनुजा मौलिप्रभामण्डलै ।। स्तस्मिन्नेव कुटुम्विनी वसति सा लक्ष्मीः स्वयं विष्णुना । सद्भक्त्या वाप्यभक्त्या वा कुर्वन्तं व्रतमुत्तमम् । अन्तकाले स्वयं विष्णुः संसारात् परिरक्षति ।। य इदं श्रृणुयान्नित्यं श्रावयेद्वा समाहितः । न संत्यजति तं लक्ष्मीः अलक्ष्मीर्न च कामयेत्। सर्वपापविनिर्मुक्तः स्वर्गलोके महीयते ।।
लेखक : शर्मा मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक एवम् वैदिकधर्म परिषद नेपाल बाँकेका सचिव युवापन्डित समेत हुनुहुन्छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्