अध्यक्ष मल्लमाथी भएको दुव्र्यवहार घटनाप्रति सामुदायिक वनदेखि संघसंस्थाहरूद्वारा विराेध

कोहलपुर  ।

कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्षमाथि भएको दुव्र्यवहार सहितको कालोमोसो दलेको घटनाको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुर र उद्योग बाणिज्य संघ,  पश्चिमेली प्रादेशिक एकता समाज सञ्जाल र सरस्वति सामुदायिक वन उपभाेक्ता समितिले छुट्टा–छुट्टै बिज्ञप्तिमार्फत कडा शब्दमा भत्र्सना गरेका छन् ।

संस्थाका अध्यक्ष एवं समाजसेवी मल्लको खानेपानी संस्थाको आफ्नै कार्यकक्षमा केही अराजक एवं उच्छृङखल तत्वहरु प्रवेश गरी हातपात गर्दै कालो मोसो दल्ने जस्तो अराजकपूर्ण निकृष्ट दुव्र्यवहार सहितको गैरकानुनी कार्य प्रति पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराई र बाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले विज्ञप्ती मार्फत गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

कार्यकक्षमै नेकपा (बहुमत) निकटको युवा जनस्वयमसेवक नेपाल कर्णाली ब्यूरोले सोमबार दुव्र्यवहार सहित कालोमोसो दलेर फरार भएको थियो । घटना पछि फरार समूहलाई अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।

केहि समस्या भएमा छलफल बाट समाधान निकाल्नु पर्नेमा यसरी हातपात गरेर कालो मोसो लगाउनु एकदम निन्दनिय कार्य भएको वताईएको छ । समजमा यस्ता खालका गलत कार्यले समाज कहिले पनि परिर्वतण हुन नसक्ने विज्ञप्ती मार्फत भनिएको छ ।