नेकपा माओवादी केन्द्र कोहलपुरले नापी र मालपोतमा बुझायो ध्यानाकर्षण पत्र




कोहलपुर । नेकपा माओवादी केन्द्र कोहलपुरले नापी र मालपोतलाई विभिन्न बहानामा सेवाग्राहीबाट विचौलिया हुँदै कित्ताकाटसम्मको अबैध रकम असुल्ने काम बन्द गर्न ध्यानाकर्षण पत्र बुझाएको छ ।

बुधबार नेकपा माओवादी केन्द्र कोहलपुरका अध्यक्ष बल बहादुर खड्का (अविरल)ले नापीका प्रमुख कृष्ण ढकाल र मालपोतका सुब्बा नरेन्द्र प्रसाद काफ्लेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

माओवादी केन्द्रले तयार पारेको १२ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नापी र मालपोतको कार्यशैली तत्काल सुधार नभएमा थप संघर्षका कार्यक्रम तयार गर्ने नेकपा माओवादी केन्द्र कोहलपुर नगरका अध्यक्ष खड्काले बताए ।

पार्टीले विशेषगरी सर्वसाधारणले भोग्दै आएको सास्ती, लामो समय लाग्ने प्रक्रिया, अनावश्यक सिफारिस माग्ने प्रवृत्ति, दलालको हावी, भ्रष्टाचारजन्य क्रियाकलाप र डिजिटल प्रविधिको न्यून उपयोग जस्ता समस्याहरू समाधान गर्न आग्रह गरेको छ ।

ध्यानाकर्षण–पत्रमा आम नागरिकलाई सहज, छिटोछरितो र पारदर्शी सेवा प्रवाह गर्न कार्यालयलाई सचेत रहन अनुरोध गरिएको छ । साथै, भ्रष्टाचार र दलालविरुद्ध सशक्त अनुगमन तथा नियन्त्रण व्यवस्था मिलाउन समेत माग गरिएको छ ।

यस्ताे छ ध्यानाकर्षण

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार