वेष्टर्न स्कुलद्वारा आशिका योगीको उपचारको लागि आर्थिक सहयोग




 

कोहलपुर । कोहलपुर नगरपालिका ०५ मा रहेको वेष्टर्न स्कुलले मुटु राेगी पिडित आशिका योगीको उपचारार्थ लागि ४७ हजार ४ सय ३० रुपैया हस्तान्तरण गरेको छ ।

आशिका योगी बचाउँ अभियानमा प्रत्यक्ष रुपमा जोडिएका हिमालय विद्या निकेतनका प्रिन्सिपल राम शर्मालाई विद्यालयका संस्थापक कुबेर बस्नेत र वेष्टर्न स्कुलका प्रिन्सिपल उमेश श्रेष्ठले उपचारार्थ आशिका योगीको लागि ४७ हजार ४ सय ३० रुपैया हस्तान्तरण गरेका हुन् ।

वेष्टर्न स्कुलका प्रिन्सिपल उमेश श्रेष्ठले स्वस्र्फूत रुपमा बालबालिका, शिक्षक कर्मचारीहरुले रकम संकलन गरेको बताए । विद्यालय प्रशासन, दिदि, बहिनी, छोरी जस्तै भन्दै आफ्नो खाजा खर्चलाई कटौती गरी उपचारार्थ आशिका बचाउने अभियानमा आर्थिक सहयोग गरेको प्रिन्सिपल श्रेष्ठले बताए ।

विद्यालयका संस्थापक कुबेर बस्नेतले विद्यार्थी भनेकै आफ्नो छोरा छोरी जस्तै भएको बताए । ‘छोरा छोरीलाई पैसाकै अभावमा मर्नुपर्ने अवस्था आउँदैन’ उनले भने,‘ योगीको उपचारको लागि सबै संस्थागत विद्यालयबाट समेत रकम उठाउनेछौं ।’

यस विद्यालयले विभिन्न समयमा क्यान्सर, मृगौला पिडित र अन्य विविध विरामीको लागि उपचार खर्चका लागि आर्थिक सहयोग गर्दै आएको संस्थापक बस्नेतले बताए ।

बैजनाथ गाउँपालिका ६ की आशिका योगी । उनी हिमालय विद्या निकेतनमा कक्षा १२ मा अध्ययनरत छिन् । बैजनाथ गाउँपालिका—०६ एच गाउँ ३६ नम्बरका बुवा रामु योगी र आमा बुद्धि कुमारी योगीकी छोरी हुन् ।

उनको स्वास्थ्यमा जटिल समस्याआई मुटु लगायत स्वास्थ्य संरचनामै जटिल समस्या हुन गएको हिमालय विद्यालयका प्रिन्सिपल राम शर्माले बताए । हालसम्म उनको उपचारार्थका लागि ४ लाख बढि रकम संकलन भएको बताए ।

उनको उपचारमा निरन्तर नेपालगञ्ज मेडिकल कलेज हुँदै भारतको लखनउको मेदान्त अस्पतालमा उपचारार्थ गर्न लाग्दा रकमको अभावकै कारणले नेपालमा पुन बुधबार (आज) टिचिङ्ग हस्पिटल ल्याइ उपचार भएको र केही सुधार देखिएको शर्माले बताए ।

विभिन्न आदरणीय मनकारी व्यक्तिहरु तथा शैक्षिक संस्था लगायत अन्य मनकारीहरुले सहयोग गरिरहेको बताउँदै उनको उपचारार्थका लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।

उनका अनुुसार अस्पताल प्रशासनको जानकारी अनुसार उपचारको लागि ठूलो धनराशि आवश्यक पर्ने भएको बताए । योगीको उपचारको लागि सहयोगका हातहरू फैलाइदिनुहुन अनुरोध समेत गरका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार