अनेरास्ववियुको निर्वाचन कार्यतालिका फेरि सर्‍यो, बिहीबार बिहान ८ बजेदेखि मतदान हुने




काठमाडौँ । अनेरास्ववियुको निर्वाचनमा मतदानको समय पुन: सरेको छ। कीर्तिपुरमा जारी २४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको समय सरेको हो। अब भोलि (बिहीबार) बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ।

यसअघि आज राति ८ बजेदेखि मतदानको कार्यतालिका थियो। निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय भोलीका लागि सारेको हो।

अनेरास्ववियुको अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। २०३ पदका लागि ५२१ जनाको उम्मेदवारी परेको छ। आजसम्मका लागि तोकिएको महाधिवेशनको समय निर्वाचन प्रक्रियाका कारण लम्बिएको हो।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ जेठ ३० गते बिहीबार