जेसिज सप्ताहको छैठौँ दिन : महिनावारी सरसफाई शिक्षा कार्यक्रम

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको जेसिज सप्ताह कार्यक्रम विभिन्न कार्यक्रम गर्दै आएको छ ।

मंगलबार अर्थाथ जेसिज सप्ताहको छैठौँ दिनमा महिनावारी सरसफाई शिक्षा कार्यक्रम गरेको छ । ज्ञानज्योति माध्यमिक विद्यालयमा अध्यनरत ७६ जना छात्राहरुलाई महिनावारी सरसफाई शिक्षा सम्बन्धी जानकारी दिइएको कोहलपुर जेसिज २०२२ का अध्यक्ष ईश्वरी शर्माले जानकारी दिए ।

महिलाहरुमा हुने पाठेघरको समस्या न्यूनिकरण गर्न, महिनावारी भएको बेलामा के कस्तो सरसफाई गर्ने जस्ता विविध विषयमा प्रशिक्षक स्वस्थ्यकर्मी अञ्जना न्यौपानेले दिइएको बताए ।

यस्तै ज्ञानज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री बिनोद शर्मा लम्सालले कोहलपुर जेसिजलाई यस विद्यालयमा अध्ययनरत छात्राहरुमा सचेतना तथा जानकारी दिएको भन्दै प्रंशसनिय काम भएको बताए ।

कार्यक्रममा कोहलपुर जेसिजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।