गोरखापत्र संस्थानले कोहलपुरबाट पश्चिम क्षेत्रको आफ्नै संस्करण शनिबारदेखि प्रारम्भ गर्दैछ । कोहलपुर प्रकाशनको शुभारम्भ प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने कार्यक्रम छ ।
उक्त अवसरमा प्रधानमन्त्रीले कोहलपुरमा निर्मित गोरखापत्रको कोहलपुर प्रकाशन गृहको उद्घाटन गर्नुहुनेछ । उक्त समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सहभागिता रहनेछ ।
कोहलपुर प्रकाशन गृहको पूर्वाधार निर्माण तथा अन्य प्राविधिक तयारीपछि नियमित प्रकाशन गर्न थालिएको हो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गर्दै गोरखापत्र दैनिक र दी राइजिङ नेपालको प्रकाशन थालिएको हो ।
यसअघि २०७६ फागुन ७ मा प्रकाशन सुरु गरिए पनि कोभिड–१९ तथा अन्य कारणले प्रकाशन स्थगित भएको थियो । पत्रिका छपाइका लागि पश्चिम क्षेत्रमा आफ्नै प्रेस मेसिन नहुँदा समस्या भएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्