कृष्ण माविमा विद्यार्थीलाई कामको संसार चिनाउँदै




 

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १ कौशिलानगरमा रहेको कृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीलाई कामको संसार चिनाउँने कार्यक्रम गरेको छ ।

काम चिनाउँने भनेको उद्यमशिलता बनाउनु हो । जसमा विद्यार्थीले स्वयम् उद्यमी बन्दा के कस्ता समस्या हुन्छन् ? र कति लगानी गर्दा कति उत्पादन गर्न सकिन्छ ? त्यसबाट कति फाइदा गर्न सकिन्छ ? जस्ता विषयमा तालिम दिएको हो ।

कक्षा ८ देखि १० कक्षाका बालबालिकाहरुलाई आफू स्वयम् कसरी उद्यमी बन्ने ? भन्ने विषय नै प्रमुख विषय देखिन्छ जसलाई विद्यार्थीले भाग ५ मा ८ वटा अनुसूचीमा काम गर्ने अवसर दिइएको थियो ।

भाग १ मा बजार योजना छ जसमा उत्पादन गरिने बस्तु, लक्षित बजार क्षेत्र र मुख्य ग्राहक, उत्पादन तथा विक्रि लक्ष्य र व्यवसाय प्रबर्धनका उपाय रहेको छ ।

भाग २ मा उत्पादन योजना, भाग ३ मा खर्च योजना, मासिक कच्चा पदार्थ तथा त्यसको लागत, प्रति एकाई उत्पादन लागत र विक्रि मुल्य निर्धारण रहेको छ ।

कृष्ण माविका प्रअ दिलिपी वलीले विद्यार्थीलाई उद्यमीको चूनौति र उनीहरुको काम कस्तो हुन्छ भनेर चिनाउने काम भएको बताए । पहिलो पटक विद्यार्थीहरुलाई सो तालिमपश्चात निकै उत्साहपूर्ण भावना व्यक्त गरिरहेको बताउँदै उनले व्यवसाय सञ्चालन गर्न विद्यार्थीहरुलाई सहयोग अपेक्षा गरिरहेको बताए ।

हेल्भेटास तथा इन्स्योर परियोजनाद्वारा सञ्चालित तालिमलाई कृष्ण माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो ।

हेल्भेटास तथा इन्स्योर परियोजनाका दिपेश चौधरीले विद्यार्थीहरुले तालिम लिएपश्चात निकै उत्साहित भएको बताए । सुरु सुरुमा के कसरी गर्ने होला भन्ने अन्यौलमा थिए जब तालिम सकिएपछि ७ वटा ग्रुप विभाजन गरी फरक फरक व्यवसायमा (५ भाग र ८ वटा अनुसूची) मा काम तयार पारी प्रदर्शन समेत गरेको चौधरीले बताए ।

प्रदर्शनमा उत्कृष्ट समूहलाई नगद जनही १० हजारका दरले पुरस्कार समेत प्रदान गरिएको थियो ।

यस्तै तालिममा अभिभावक संघका अध्यक्ष टेक बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रअ विरेन्द्र मल्ले लगायत विद्यार्थीहरुको उल्लेख्निय सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ जेठ २८ गते मंगलबार