भागदौडपछि महाकुम्भमा लाग्यो भयानक आगो




नयाँ दिल्ली । महाकुम्भमा आगलागी भएको छ । झुन्सीको छतनागको सेक्टर २२ मा बनेको टेन्ट सिटीमा बिहीबार आगलागी भएको हो । आगलागीको कारण पत्ता लागेको छैन ।

के भयो भनेर मानिसहरूले थाहा पाउनु अघि नै आगोले भयानक रूप लिइसकेको बताइएको छ । टेन्ट सिटीका एक दर्जनभन्दा बढी टेन्टहरू जलेर खरानी भएका छन् । यस दुर्घटनामा कसैले पनि ज्यान गुमाउनु नपरेको बताइएको छ ।

आगो लागेको जानकारी पाउने बित्तिकै धेरै दमकल घटनास्थलमा पुगेका थिए । निकै प्रयासपछि आगो नियन्त्रणमा आएको बताइएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रबार