Kohalpur Today Header Ads

कोहलपुरमा शुरु भो मेयर कपको आठौं संस्करण, उत्कृष्ट ६३ तस्विर (फिचर)




कोहलपुर । आठौं अन्तर मावि मेयर कप तथा १७औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिता—२०८१ सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका बुधबारदेखि कोहलपुरमा मेयर कप रनिङ्ग शिल्डको आठौं संस्करण शुरु भएको हो ।

मेयर कप पाँचौं संस्करणको उद्घाटन एक कार्यक्रमका बिच कोहलपुर नगरपालिका प्रमुुख पूर्ण प्रसाद आचार्यले गरेका हुन् । उद्घाटन समारोहमा विभिन्न झाँकी, सिगांरु नाच, दमाह नाच तथा अन्य सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत भएको थियो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यस्तै प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुरलाई खेलकुदको हवको रुपमा विकास गरिने बताएका थिए । ‘खेलकुदका माध्यमले कोहलपुरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा खेलाडी जन्माएको छ’ उनले भने, ‘खेलकुद जस्तै शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै अगाडी छ ।’ बालबालिकालाई कक्षाकोठामा मात्र सिमित नभई विभिन्न गतिविधिमा समावेश गराई बहुआयमिक बनाउनुपर्नेमा उनको जोड थियो ।

यस्तै कार्यक्रमका सभापति तथा नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाल क्षेत्रीले खेलकुद मार्फत कोहलपुरलाई बाँके जिल्लामा मात्र होइन विश्वमा चिनाउन लागि परेको उनको भनाई थियो । ‘ग्रासरुटबाट नै खेलकुदमा अग्रसर बनाउन प्रावि विद्यालयहरुका बालबालिकाहरुलाई सहभागि बनाएका छौं’ उनले भने ’बालबालिका भनेका काचो माटो हुन, उनीहरुलाई जस्तो बनायो उस्तै बन्छन् ।’ त्यसैले प्रावि तहबाट नै खेलकुदका विभिन्न विधाहरुमा सहभागि बनाउन सुम्पूर्ण खेलकुद शिक्षकलाई समेत आग्रह गरे ।

यस्तै कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख राम बहादुर हमालले स्वागत मन्तव्य राखेका थिए कार्यक्रम प्रतियोगिताका सदस्य सचिव दिलिप वलीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी , प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरी, सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, कोहलपुर नगरपालिकाका १ देखि १५ नम्बर सम्मका वडा अध्यक्ष, सामुदायिक तथा संस्थापक विद्यालयका प्रअ तथा संस्थापक, नेपाली काँग्रेसका नगर सभापति तथा कोहलपुर १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह, नेकपा एमालेका नगर अध्यक्ष कुल बहादुर भट्टराई लगायत अन्य शिक्षक, कर्मचारी, विद्यार्थी लगायत २ दर्जन बढि पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा मावितर्फ प्रथम हुनेलाई ७५ हजार, द्धितिय हुनेलाई ६५ हजार र तृतिय हुनेलाई ५५ हजार रहेको छ भने आवितर्फ प्रथम, द्धितिय र तृतियले क्रमश २५ हजार, २० हजार र १५ हजार प्राप्त गर्नेछन । उत्कृष्ठ खेलाडिलाई ५१ हजार नगद सहित सम्मान गरिनेछ ।

यस्तै प्रतियोगितामा कोहलपुर नगरक्षेत्रका (सामुदायिक र निजी) ५३ विद्यालयका २ हजार १ सय ६७ जना खेलाडी (छात्रछात्रा)हरुले प्रतियोगितामा सहभागि हुनेछन् भने छात्र १ हजार ३ सय ७ जना र छात्रा ८ सय ६० जना छन् ।

प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कपडी र मार्सलआर्ट रहेका छन् । यो वर्षदेखि चेस विधा थपिएको छ ।

 

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधबार