अमेरिकी सहयोग परियोजना एमसीसीबारे सहमति खोज्न बसेको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।
बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए ।
तर माओवादी केन्द्रले संसदको अवरोध हट्नुपर्ने पुरानै अडान दोहोर्याएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले एमसीसी संसदमा टेबल गर्ने प्रस्ताव गरेको र त्यही प्रस्तावको सेरोफेरोमा छलफल भएको बताए ।
‘एमसीसीलाई पूर्ववर्ती सरकाले टेबल गरेको हो । सरकार अविछिन्न उत्तराधिकार हो । फेब्रुअरी २८ (फागुन १६) सम्म यसलाई हामीले निष्कर्षमा पुर्याउनुपर्ने हुनाले (प्रधानमन्त्रीले) टेबल गर्न प्रस्ताव गर्नुभएको छ । यही प्रस्तावको वरिपरि बसेर धेरै छलफल भएको छ,’ उनले भने ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्