कांग्रेस अधिवेशन फेरि सर्यो

नेपाली कांग्रेस बाँकेको अधिवेशन फेरि सरेको छ । यही फागुन १३ गते बाँकेसहित १६ जिल्लाको अधिवेशन हुने भनिएको भएपनि फेरि सरेको हो । अब १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय भएको छ ।

केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी नेतृत्वबाट अनुरोध भई आए बमोजिम जिल्ला अधिवेशनको कार्यतालिका र मिति संशोधन गरिएको जनाएको छ ।

यसअघि कांग्रेसले अधिवेशन हुन बाँकी बाँके, अछाम, कैलाली, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र नवलपुरको जिल्ला अधिवेशन फागुन १३ गतेका लागि निर्धारण गरेको थियो ।

उल्लेखित १६ जिल्ला बाहेक अन्य जिल्लामा निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन निर्धारित फागुन १० गतेभित्रै हुने समिति सचिव केशव रिजालले जानकारी दिए ।