अमेरिकामा घर विक्री तीन दशकयताकै न्यूनस्तरमा




वासिङ्टन डिसी । अमेरिकामा प्रचलनमा आइरहेका घरको विक्री घटेर गएको वर्ष झन्डै तीन दशककै न्यून स्तरमा ओर्लिएको छ ।

घरको भाउ आकासिएकै अवस्थामा अनि धितो कर्जाको दर पनि बढ्दा घर क्रेताको क्रय शक्ति खुम्चिएर घरको विक्री घटेको हो ।

२०२४ मा अमेरिकामा ४० लाख ६० लाख विद्यमान घर विक्री भएको नेशनल एसोसिएसन अफ रियल्टर्सले शुक्रबार बताएको हो । यो सङ्ख्या सन् १९९५ यताकै न्यून हो ।

अमेरिकाको घरजग्गा बजारमा विक्री हुने कूल घरमा प्रचलनमा रहेका घरको अनुपात धेरै छ । सो अवधिमा घरको औसत मूल्य ४ लाख ७ हजार ५०० डलरको कीर्तिमानी उच्च स्तरमा उक्लिएको थियो ।

योसँगै लगातार १८ औँ महिना पनि विद्यमान घरको मूल्य बढेको थियो । डिसेम्बरमा यस्ता घरको औसत मूल्य ४ लाख ४ हजार ४०० डलर थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतबार