काठमाडौँ ।
काम गरेबापत तलब नपाएपछि नेपाल न्यूज नेटवर्क इन्टरनेशनल प्रा.लि (अन्नपूर्ण मिडिया नेटवर्क)विरुद्ध उजुरी दर्ता भएको छ । शुक्रबार श्रम कार्यालयमा पूर्व अन्नपूर्णकर्मी ११ जनाले श्रम कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।
कोभिड-१९ को समयमा काम गरेबापत आधा मात्र तलब दिएपछि उनीहरूले तलबको माग गर्दै उजुरी दर्ता गरेको बताएका छन् ।
पुष्पराज आचार्य, विमल आचार्य, सामीप्यराज तिमल्सेना, जीवन कुँवर, आकाश क्षेत्री, सृजना खड्का, पवन तिमल्सिना, केदार गौतम, लोकबहादुर कट्वाल, विनोदविक्रम केसी र संगीता श्रेष्ठले उजुरी हालेका हुन् ।
उनीहरूले काटिएको तलब माग गरेका छन् । त्यस्तै आधा दिएको तलबबाट काटिएको कर अझै दाखिला नगरिएको पनि उजुरीमा उल्लेख छ ।
तलबको माग गर्दै पीडितहरूले पत्रकार महासंघ केन्द्रीय समिति र सूचना विभागमा पनि यसअघि उजुरी दिएका थिए । छलफलको क्रममा अन्नपूर्णले तलब नदिने अडान लिएपछि महासंघ र विभागको सहयोगमा पीडितहरूले श्रममा उजुरी दर्ता गरेका हुन् ।
इ-कागजबाट साभार
प्रतिक्रिया दिनुहोस्