Kohalpur Today Header Ads

विवाह गर्न घरबाट भागेका केटाकेटी मृत भेटिए टहराभित्र




रूकुम । रूकुम पश्चिममा प्रेम विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत फेला परेका छन्।

त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँका १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर घरभित्र मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए।

उनका अनुसार सपना वडा नम्बर ६ की हुन्। सपना र लोकन्द्र चार दिनअघि विवाह गर्ने भन्दै घरबाट भागेका थिए। स्थानीयले सोधिखोजी गर्दा उनीहरु शनिबार बिहानै ९ बजेतिर लोकेन्द्रकै अस्थायी टहरामा दुवै मृत भेटिएको पाठकले बताए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

प्रहरीका अनुसार लोकेन्द्रको आमा बिरामी थिइन्। उनका बुबाले श्रीमतिलाई उपचारका लागि नेपालगञ्ज लगेका थिए। त्यही समयमा घरमा यस्तो घटना घटेको हो। प्रहरीले बुवाआमा आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया सुरु गरेर घटनाको अनुसन्धान गर्ने जनाएको छ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिबार