ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले मनायो ७ औ अन्तरास्ट्रिय पुस्तकालय दिवस




भगवती पोख्रेल, कोहलपुर ।
“ए आई र शिक्षाः स्वचालनको संसारमा मानव क्षमताको संरक्षण” भन्ने मूलनाराका साथ ७ औं अन्तराष्ट्रिया शिक्षा दिवसको सन्दर्भमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको आयोजना तथा शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा कोहलपुरको स्थानिय पाठ्यक्रमको प्रभावकारिताका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रम बोल्दै लुम्विनि प्रदेश सभा सदस्य सन्जु कुमारी थारुले स्थानीय पाठ्यक्रम आजको आवश्यकता भएको वताईन । उनले स्थानीय पाठ्यक्रमले स्थानीय स्तरका भाषा, पेशा, संस्कृति, रितिरिवाज, परम्परागत मूल्य र मान्यता जाती जनजाति, सम्पदाको गहन समावेशीता हुनुपर्नेमा जोड दिईन । उनले आफू कोहलपुरको उपप्रमुख हुंदा निर्माण गरिएको स्थानीय पाठ्यक्रमले स्थानीय पाठ्यपुस्तक समेत तयार गरि कार्यन्वयन गरिएकोमा खुसी व्यक्त गरिन ।

उक्त कार्यक्रममा डा गोपाल दहितले थारु भाषामा लाई किन स्थानीय पाठ्यक्रममा समावेश गर्ने भन्ने विषयमा सहजीकरण गरेका थिए । डा. राजकुमार सुवेदीले कोहलपुरको स्थानिय पाठ्यक्रममा टिपणी गरेका थिए । कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक इश्वरी वि.क.ले कोहलपुरले कार्यन्वयनमा ल्याएको स्थानीय पाठ्यक्रम आवश्यकताको आधारमा सुधार र परिमार्जन गर्न सकिने वताए । कार्यक्रमबाट आएका सुझाव लाई कार्यपालिकामा छलफल गराई लेखन विज्ञ सहितको समुहसंग बसेर पुनः सुधार र परिमार्जन गर्ने सकिनेमा ढुक्क हुन निर्देशन दिए ।


कार्यक्रममा शिक्षा, युवा तथा खेलकुदा शाखा प्रमुख रामबहादुर हमालले सुधार र परिमार्जन गर्नका लागि छुट्टै विज्ञ समुहको निर्माण गरि परिमार्जन गर्न शाखाले तयारी गरिरहेको वताए । कक्षा ६, ७ र ८ को स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री समेत छिटो तयार गर्ने वताए ।
कार्यक्रमका सहभागीले कक्षा १ बाटै कोहलपुरको परिचय राखिनु पर्ने, सानो कक्षामा हप्तामा ३ दिन सैद्धान्तिक कक्षा र बाँकी ३ प्रयोगात्मक कक्षा संचालन गर्नु पर्ने, जन्मदिनको अवसरमा विद्यालय अथवा सार्वजनिक क्षेत्रमा बृक्षारोपण कार्यक्रम गर्ने, विषयवस्तु विद्यार्थीको उमेर र क्षमता अनुसार बढी भएको, थारु बाहुल्यता भएतापनि थारु भाषा नसमेटीएको र थारु बाहुल्यता भएका वडाहरुमा कक्षा १ देखि ३ सम्म थारु मातृभाषाका विषय समावेस गरिनु पर्ने, तथ्याङक चुस्तदुरुस्त राखिनु पर्ने, नैतिकवान र चरित्रवान असलनागरिक बन्ने जस्ता विषयहरु समावेस गरिनु पर्ने, नगर प्रहरी लगायत जनप्रतिनिधि कर्मचारीहरुको काम कर्तव्य प्रत्येक कक्षामा समावेस गरिनु पर्ने, कोहलपुरको ईतिहास राम्रोसंग लेखिनु पर्ने र मौलिक शब्दहरु समावेस गरिनु पर्ने सुझाव दिएका छन ।


कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरु, कोहलपुरको स्थानीय पाठ्यक्रम प्राध्यापनरत शिक्षकहरु, स्थानीय पाठ्यक्रम पाठ्यपुस्तक लेखन विज्ञहरु प्रमोद सुवेदी, यमानाथ पौडेल, राम प्रसाद चापागाईं, लक्ष्मी हमाल र विन्दु सुवेदीको उपस्थित रहेको थियो । पुस्तकालयका उपाध्यक्ष मणि प्रसाद गैरेद्वारा शुभकामना मन्तव्य दिएको कार्यक्रम पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम पुस्तकालयका सचिव एकराज शर्माले सहजीकरण गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रबार