भारतीय आयल निगमले नेपाल आयल निगमलाई बेच्ने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय निगमले आज पेट्रोल ५.६१ रुपैयाँ, डिजेल ५.६२ पैसा र हवाई इन्धन ४.९५ रुपैयाँ बढाएर मूल्यसूची पठाएको हो ।
मूल्य बढाएर आएसँगै १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यद्यपि निगमले नेपाली उपभोक्ताको लागि मूल्यवृद्धिको निर्णय भने लिइएको छैन । यसअघि अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेको भन्दै निगमले पटक पटक मूल्य बढाइसकेको छ ।
निगमका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा मात्रै करीब २४ अर्व नोक्सान भइसकेको छ ।
काेहलपुर टुडे । ४ फाल्गुन २०७८, बुधबार २१:३३