Kohalpur Today Header Ads

कोहलपुर महोत्सव तीन दिन थपियो, भोली कोको आउँदैछन् कलाकार ?




कोहलपुर । बाँकेको कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१)’ ३ दिन थप गरिएको छ । बुधबार मेला आयोजक समितिको बैठक बसी महोत्सव थप ३ दिन संचालन गर्ने निर्णय गरेको व्यवस्थापक अजय पुन (गोपाल) ले जानकारी दिए ।

गत पुस ९ गते देखि सुरु गरिएको थियोे महोत्सव १७ गतेसम्म संचालन गरिने बताइएको थियोे तर दर्शकहरुको उल्लेख्य सहभागिता बढ्दै गएकोले दर्शकहरुको मागलाइ सम्बोधन गर्दै थप ३ दिन पुस २० गते सम्म संचालन गरिने निर्णय गरिएको आयोजकले जनाएको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको एक्सपोमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति भइरहेको छ ।

महोत्सवको ९ औ दिन बुधबार पछिल्लो समयकी निकै व्यस्त चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी,गायक सुकदेव अधिकारी ,गायिका सम्झना रणपाल ,मोडेल तथा डान्सर रुबिना अधिकारी ,बिजय पुन,सुनिता दहित लगायतको प्रस्तुति रहेको थियो । साथमा स्थानीय कलाकारहरुको प्रतिभा र प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।

आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् ।

महोत्सवका मुख्य आकर्षकका बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,थारु गाउँ ,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा स्थलमा निशुल्क पार्किङको व्यवस्था समेत गरिएको छ ।

१८ गतेका मुख्य आकर्षक

महोत्सवमा बिहीबार गायक आनन्द कार्की ,गायिका प्रीती आले, आउनेछन् । त्यस्तै लो दोहोरी गायक धनराज चुनारा , इब्सल सन्ज्याल ,आउने छ्न महोत्सवमा मोडल तथा डान्सर पुनम राना मगर र मोडेल दुर्गा रानाको प्रस्तुति रहने बताइएको छ । साथमा स्थानीय कलाकारहरुको प्रतिभा रहने तथा लाइभ दोहोरी समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस १७ गते बुधबार