नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएका छन् ।
नयाँबानेश्वर क्षेत्रमा भेला भएर प्रदर्शनमा उत्रिएका पार्टी कार्यकर्ताहरुमाझ श्रेष्ठ पनि पुगेका हुन् । माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेपछि श्रेष्ठ पनि प्रदर्शनमा सहभागी भएका हुन् ।
माओवादी केन्द्रका वाईसीएल, अखिल क्रान्तिकारी लगायतका भ्रातृ संस्थाहरु बिहानैदेखि नयाँबानेश्वर क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका छन् । सो क्षेत्रमा नेकपा एकीकृत समाजवादी, राप्रपा, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले पनि प्रदर्शन जारी राखेका छन् ।
प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नयाँबानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । अनलाइनखबरबाट साभार
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्