कोहलपुर महोत्सवको तयारी पुरा मन्त्री न्यौपानले उदघाटन गर्ने




कोहलपुर। “विश्वभरी फलिएका हामी जनजाति हामी आदीवासी । जोगाइ राखौ भेषभुषा भाषा सस्कृति ” भन्ने मुलनाराका साथ भोली पुस ९ गतेदेखी १७ गतेसम्म कोहलपुरमा संचालन हुने प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव –एस्पो २०८१ ) को तयारी पुरा भएको छ ।

नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय परिषद कोहलपुर बाँकेको आयोजना तथा श्री भावना एम्युजमेन्ट प्रालीको व्यस्थापनमा संचालन गरिन लागेको महोत्सवलाइ लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपनेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव आयोजक समितिले जनाएको छ ।

आदीवासी जनजाति संग्रहालय निमाणार्थ संचालन गर्न लागीएको महोत्सवको उद्घाटन सत्रमा विविध बाजागाजा सहितको झाँकी तथा ¥यालीहरु प्रस्तुत गरिने र त्यसको सम्पुर्ण तयारी पुरा गरिएको कला सांस्कृति समितिका संयोजक इन्द्र बहादुर गुरुङले जानकारी दिए । मेलाको पहिलो दिन लोक तथा दोहोरी गायिक देवी बस्नेत आउने बताइएको छ । त्यस्तै भारतको राजस्थानबाट दुईवटा उँटहरु आउने क्रममा रहेको आयोजकले जनाएको छ।

मेला आयोजक समितिका कार्र्यवहाक अध्यक्ष अमर बहादुर लामिछाने मगरले स्टल निमार्ण,बालउद्यान, घेराबार पर्खाल निमार्ण ।त्यस्तै मञ्च निमार्ण गेट निमार्ण टिकटघर छन निमाण गरी करिब ९० प्रतिशत कामहरु सम्पन्न भइसकेको बताए । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहने स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनले जानकारी दिए । उनका अनुसार हालसम्म २०० स्टल बुकिङ्ग भैसकेका छन । मेलाको उद्घाटनसत्रमा आउने झाँकीहरु समेत तयारी भैसकेको र मेलमा आउने राष्ट्रिय स्तरका कलाकारहरु संग पनि सम्पर्क भैरहेको जनाइएको छ ।

मेलमा करिब ६७ जना भन्दा धेरै राष्ट्रियस्तरका कलाकारहरु आउने कला तथा सांस्कृति समितिले जनाएको छ ।
मेलामा बालउद्यान,कृषि प्रर्दशन,व्यापारी स्टलहरु हात्ती सफारी,उँट प्रर्दशनी,कराते,र उस्सु खेल, आदी डेमोक्टेशन प्रर्दशनी गरिनुका साथै मगरखाना परिकार गुरुङ्ग खाना परिकार थारु परिकार, नेवार खाना परिकार साथै अन्य जातिय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस ८ गते सोमबार