कोहलपुर । “विश्वभरी फैलिएका हामी जनजाति हामी आदीवासी । जोगाइ राखौ भेषभुषा भाषा सस्कृति ” भन्ने मुलनाराका साथ आगामी पुस ९ गतेदेखी १७ गतेसम्म कोहलपुरमा संचालन हुने प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो २०८१) को तयारी तिव्र पारिएको छ ।
नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय परिषद कोहलपुर बाँकेको आयोजना तथा श्री भावना एम्युजमेन्ट प्रालीको व्यस्थापनमा संचालन गरिन लागेको महोत्सवलाइ भव्य र सभ्य रुपमा संचालन गर्न तयारी तिव्र रुपमा अगाडी बढाएको छ । महोत्सव संचालनका लागी हालसम्म ८० प्रतिशत काम सम्पन्न भैसकेको महोत्सव समिति संयोजक कृष्ण बहादुर पुन मगरले जानकारी दिए ।
स्टल निमार्ण,बालउद्यान, घेराबार पर्खाल निमार्ण लगायतका कामहरु सम्पन्न भइसकेका छन । त्यस्तै मञ्च निमार्ण गेट निमार्ण लगायतका कामहरु धमाधम अगाडी बढाइएका छन मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहने स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनले जानकारी दिए । उनका अनुसार हालसम्म ५० प्रतिशत स्टल बुकिङ्ग भैसकेका छन । मेलाको उद्घाटनसत्रमा आउने झाँकीहरु समेत तयारी भैसकेको र मेलमा आउने राष्ट्रिय स्तरका कलाकारहरु संग पनि सम्पर्क भैरहेको जनाइएको छ । मेलमा करिब ६७ जना भन्दा धेरै राष्ट्रियस्तरका कलाकारहरु आउने कला तथा सांस्कृति समितिले जनाएको छ ।
मेलामा बालउद्यान,कृषि प्रर्दशन,व्यापारी स्टलहरु हात्ती सफारी,उँट प्रर्दशनी,कराते,र उस्सु खेल, आदी डेमोक्टेशन प्रर्दशनी गरिनुका साथै मगरखाना परिकार गरुङ्ग खाना परिकार थारु परिकार, नेवार खाना परिकार साथै अन्य जातिय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्