Kohalpur Today Header Ads

सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु, छोरी घाइते




सुर्खेत। सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानकी ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

घटना बुधवार रातिको हो । यद्यपि प्रहरीले बिहीवार बिहान मात्र जानकारी पाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रविर विश्वकर्माले बताए उनका अनुसार बेलुका खाना खाएर सुतेको र‌ बिहान अबेरसम्म कोही बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरिएको थियो ।

घरभित्र कोइला बालेको र धुवाँले निसास्सिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। उनले भने, ‘हामी जाँदा तीन जना अचेत अवस्थामै फेला पार्यौं, सबैलाई उद्दार गरेर अस्पताल पठाएको हो ।’

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

अस्पतालले आमा–छोरालाई मृत घोषणा गर्यो भने ९ वर्षीय छोरी रिया थापा भने घाइते अवस्थामा रहेकाले कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस ४ गते बिहीबार