काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार काँग्रेसका कृष्ण मान डंगोल निर्वाचित भएका हुन् ।
अन्तिम मत परिणामअनुसार काँग्रेसका डंगोल ५ हजार ३३४ मतसहित विजयी बनेका हुन् । त्यस्तै, माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ मंसिर १७ गते सोमबार













प्रतिक्रिया दिनुहोस्