कोहलपुर र बैजनाथ प्याब्सनका अध्यक्षमा सर्वसम्मत खत्री चयन




कोहलपुर

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल कोहलपुर र बैजनाथको अध्यक्षमा सर्वसम्मत रमेश खत्री चयन भएका छन् ।

प्याब्सनको सातौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट रमेश खत्रीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । निम्बल एकेडेमीका संस्थापक तथा शिक्षा क्षेत्रमा लामोसमयदेखि लगनशिल युवा जुजारुक रमेश खत्रीले नेतृत्व पाएको छ ।

जसको उपाध्यक्षमा व्रिज इन्टरनेशनलका संस्थापक तथा प्रिन्सिपल समिर घर्ती, कोहलपुर पाठशालाका संस्थापक तथा प्रिन्सिपल मित्रलाल वली र कोषाध्यक्ष अस्मिता पुन रहेका छन् ।

यस्तै डाइनामिक हाई स्कुलका प्रिन्सिपल रविन्द्र रेग्मी, कल्पना पौडेल, अमृत ढकाल सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

कार्यक्रममा कोहलपुर नगरपालिका कार्यवहाक नगर प्रमुख तथा प्रमुख अतिथि संगिता सुवेदीले कोहलपुरलाई शैक्षिक हव बनाउन तत्पर रहेको भन्दै थप गुणस्तरीय र प्रभावकारी बनाउनुपर्नेमा उनले दिइन् ।

कार्यक्रममा प्याब्सनमा आबद्ध २८ विद्यालयहरुको सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर १० गते सोमबार