कोहलपुर ।
नेकपा (माओवादी केन्द्र) बाँकेले मंसिर २९ र ३० गते अधिवेशन गर्न लागेको छ । विहिबार पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्र बाँकेले मंसिर २९ र ३० गते अधिवेशन गर्न जानकारी दिएको हो ।
नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा बाँके जिल्ला ईन्चार्ज पूर्ण कुमारी सुवेदीले टिकेप्रथा र गुटप्रथा हटाई प्रत्यक्ष निर्वाचन पक्रियाबाट अधिवेशन हुने बताएकी छिन् ।
पत्रकार सम्मेलनमा बोल्दै सुवेदीले निर्वाचन पक्रियाबाट नै अधिवेशनहरु सम्पन्न हुनेछन् । ‘अध्यक्ष मण्डल भने गठन हुनेछैन,’ उनले भनिन्, ‘सिधै निर्वाचन समिति गठन भई निर्वाचन पक्रियाबाटै नयाँ कार्यसमिति तयार गराउनेछौं ।’
विगतमा भएजस्तो अहिले हुँदैन, फरक र नयाँ ढङ्गबाट पार्टीपंत्ती अगाडी बढ्नुपर्नेछ । वडाबाट आएका प्रतिनिधिहरु मात्र निर्वाचनमा भाग लिन पाउने सुवेदीले बताइन् ।
‘पार्टीको जुनसुकै पदमा बस्न चाहेर हुदैन, वडाबाट प्रतिनिधिको रुपमा आउनुपर्ने हुन्छ,’ उनले थपिन्, ‘यो अधिवेशनबाट जुजारुक र प्रभावशाली नेतृत्व चयन हुने विश्वास छ ।’
बाँकेका ८ वटै पालिकाहरुमा केन्द्रिय समितिका सदस्यहरुलाई जिम्मेवारी दिइसकेको समेत उनको भनाई थियो । नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले प्रेस विज्ञप्ती सार्वजनिक गरी कार्य विभाजन गरेका छन् ।
पत्रकार सम्मेलनमा संयोजक जेम्सका अनुसार ‘बाँके जिल्लाका ८१ वडाहरुमा ५ हजार ५ सय ५५ जनाले नविकरण गरेको र पार्टी सदस्यता नवीकरण तथा लेवी अभिलेखिकरण मंसिर १५ गतेसम्म गर्ने गरी काम भइरहेको बताए ।
कसलाई कहाँ जिम्मेवारी कहाँ ?
खजुरामा आइपी खरेल र डम्बर बहादुर विक ‘तुफान’, डुडुवामा प्रकाश सुवेदी र चन्द्रकान्त शर्मा, बैजनाथमा पूर्ण कुमारी सुवेदी, नरैनापुरमा नरेन्द्र न्यौपाने, जानकीमा अन्जना थारु, कोहलपुरमा उषा पुन र नरेन्द्र पाण्डे ‘जेम्स’, राप्तीसोनारीमा कृष्ण केसी ‘नमूना’, नेपालगञ्ज उपमहानगरमा अकल बम र डिल्ली बराल रहेको छन् ।
प्रतिक्रिया दिनुहोस्