नेपालले ताजिकिस्तानको दुशान्बेमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई २-० ले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।
नेपालका लागि जिलेस्पी जंग कार्की र रोहित चन्दले गोल गरेका थिए। खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफको ४६ औं मिनेटमा जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।
रोहित चन्दले ७८ औं मिनेटमा टोलीका लागि अग्रता दाेब्बर बनाए। त्यसपछि, नेपालले रक्षात्मक रणनीति अपनाउँदै अफगानिस्तानको आक्रमणलाई प्रभावकारी रुपमा रोक्न सफल रह्यो।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्