डिल्ली शाही ।
कोहलपुरमा यातायातको सेवा कार्यालयमात्रै स्थापना गर्नेगरी प्रक्रिया अघि बढेको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पुर्वपश्चिम राजमार्गसंग जोडिएको, कर्णाली, सुदुरपश्चिम र लुम्बनीको केन्द्र विन्दु कोहलपुरमा यातायातको सेवा कार्यालयमात्रै स्थापना गर्ने पक्रिया अघि बढाएको हो ।
स्थानिय सरकारका प्रमुख तथा अन्य राजनितिक दलहरुले सेवा विस्तार गर्नुपर्छ भनेर नै ध्यानाकर्षका आधारमा कोहलपुरमा सेवा कार्यालय स्थापना गर्दा उचित हुने भएकोले शाखा कार्यालय स्थापनाको काम सुरु भएको मन्त्रालयका उपसचिव एवम् महाशाखाका प्रमुख रमेश गौतमले बताए ।
कोहलपुर टुडेसंगको कुराकानीमा उनले, ‘हाइवेसंग जोडिएको र सरकारी भवन पनि उपलब्ध छ, सवारी साधनको चाप अनुसार सेवा दिन समस्या हुँदैन’ तर नेपालगञ्जमा भएको यातायात कार्यालय कोहलपुरमा सार्ने भने होइन, उनले भने, त्यो भ्रम नहोस्, । तत्काल कोहलपुरका सेवा कार्यालय मात्रै सञ्चालन गर्ने पक्रिया अघि बढेको मन्त्रालयका उपसचिव गौतमले जानकारी दिए ।
नेपालगञ्जमा रहेको यातायात कार्यालय महताहत कोहलपुरमा सेवा कार्यालय स्थापना गर्नका लागि नेकपा माओवादी केन्द्र पूर्व मन्त्री महेश्वराज गहतराज ‘अथक’ र कृष्ण केसी ‘नमूना’, नेपाली काँग्रेसका सभापति नारायण गौडेल, नेकपा एमालेका बलराम भट्राई, कुमार रावत, नेकपा एकिकृत समाजवादीकी नेत्री नारायणी वली लगायतले समेत पहल कदमी गरेका थिए ।
कात्तिक ७ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कोहलपुरमा आएका थिए । आचार्य कोहलपुर आएको समयमा कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण आचार्य, उपप्रमुख संगिता सुवेदीले कोहलपुरमा यातायात सेवा कार्यालय स्थापनाका लागि ध्यानाकर्षण पत्र बुझाएका थिए ।
कोहलपुरमा कर्णाली, सुदुरपश्चिमबाट आउने गाडीहरुले पटके ल्याउन समेत नेपालगञ्ज जानुपर्ने बाध्यता थियो त्यो समाधान गर्न कोहलपुरका सेवा कार्यालय स्थापना गर्न लागेको बागेश्वरी यातायात व्यवसायीका अध्यक्ष मन प्रसाद आचार्यले बताए ।
नेपालगञ्जबासीमा दल गरे कुप्रचार
नेपालगञ्जका सत्तापक्ष र प्रतिपक्ष राजनितिक दलहरुले अपुष्ट खबरकै आधारमा नेपालगञ्ज र कोहलपुरका बासिन्दाहरुको तर्कवितर्क सुरु भएको छ । कोहलपुर र नेपालगञ्जको आ आफ्नै अस्थित्व छ । कसैले कसैलाई नकार्न सक्दैन । राजनैतिक दल होस् या व्यवसायका आधारमा आ-आफ्नो क्षेत्रबाट विकास र समृद्धिको ढोका अगाडी बढाएका मात्र छन् ।

मंगलबार एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा नेपालगन्ज नगर कमिटीका अध्यक्षहरूले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई संयुक्तरूपमा ध्यानाकर्षणपत्र बुझाए ।
सो ध्यानाकर्षण पत्रमा भनिएको थियो, ‘नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालय कोहलपुर स्थानान्तरण गरिन लागेकोले उक्त कार्यालय नसार्न ध्यानाकर्षण ।’ यो ध्यानाकर्षण अपुष्ट खबरकै आधारमा थियो भन्ने कुरा सोही ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
नेपालगञ्जका सामाजिक अभियान्ता श्रीराम सिग्देलले मुखै खोलेर ‘बैकुण्ठधाम आउँदै गर्दा यातायात कार्यालय कोहलपुर जाँदै रहेछ, अब बोलौं, उठौं, जागौं र नेपालगञ्जिया बनौं ।’ भन्ने सामाजिक सञ्जालमा राखेका छन् । याे ठिक हाेइन् ।
सामाजिक सञ्जालमा

नेपालगञ्जको यातायात कार्यालय नै कोहलपुर जाँदैछ भन्ने हल्लाको पछि लागेर कोहलपुर र नेपालगञ्जबासी विच सामाजिक सञ्जालहरुमा कुप्रचार गरी हुने नहुने तर्क वितर्क चलिरहेको छ । तर, वास्तविकता भने यातायात कार्यालय नेपालगञ्ज अन्तर्गत कोहलपुरमा सेवा कार्यालय स्थापना गर्न तयारी गरिएको हो ।
नेपालका अन्य जिल्लाहरुमा सेवा कार्यालय छन् । सेवा कार्यालय भनेको शाखा कार्यालय होइन् । रुपन्देहीमा समेत सेवा कार्यालय स्थापना गरी काम सुरु गरेको छ ।
भवन र जग्गा विहिन नेपालगञ्जको यातायात
नेपालगञ्जको यातायात कार्यालय भवन र जग्गा विहिन छ । करिब २ वर्षअघि उक्त कार्यालय कारकाँदोमा सुर्खेत रोड किनारमा भाडाकै घरमा थियो तर अहिले पनि भाडा कै घरमा छ ।
रोडको किनारामा यातायात कार्यालय भएपछि सवारी साधनको पार्किङ्गको समस्या देखाउँदै रामलिला मैदान नजिकै सारियो त्यो पनि भाडाकै घरमा । यातायात कार्यालयको आफ्नै भवन र जग्गा नहुँदा सेवाग्राहीले निकै सास्ती भोगिरहेका छन् ।
राजनितिक दलहरुको समहति
‘कोहलपुरमा सेवा कार्यालय स्थापना गर्नका लागि कुनै विवाद गरेका छैनौं’ प्रदेश सभा सदस्य अम्बिका काफ्लले भनिन्, ‘यातायात कार्यालय नै लैजाने विषयमा भने हामीले विरोध जनाएका हौं ।’
‘कोहलपुरमा सेवा कार्यालय आवश्यक छ,’ उनले थपिन्, कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका सेवाग्राहीलाई सहज रुपमा सेवा दिनुपर्छ ।’ बर्दियाको गुलरीयामा समेत जानकी यादव हुँदा सेवा कार्यालय स्थापना गर्ने भनिएका डकुमेण्टहरु समेत गायव बनाइएको उनको भनाई थियो ।
‘सेवा कार्यालय स्थापना गर्न लागेकोमा हामीले विवाद गरेका छैनौं ।’ नेकपा एमाले नेपालगञ्ज उपमहानगर पालिकाका अध्यक्ष मोहित शाही भन्छन्, ‘नेपालमा संघियता लागूभएपछि विभिन्न सेवाहरुलाई स्थानिय तहसम्म पु¥याएको छ ।’ नेपालगञ्जका विभिन्न सरकारी कार्यालयहरु विभिन्न बहानामा अन्यन्त्र सार्ने काम भएको छ त्यसको विरोध गरेका हौं ।’ शाही भन्छन् ।
पूर्णप्रसाद आचार्य
नगर प्रमुख, कोहलपुर नगरपालिका
बाँकेको नेपालगन्ज किन कमजोर हुँदै गैरहेको छ ? के नेपालगन्जको कमजोरी र रुग्नतामा बाँकेका अन्य पालिकाहरूले आफूलाई बलशाली र भाग्यशाली मान्ने अवस्था हो ? यो हुँदै हैन्, हुनुपनि हुँदैन किनभने नेपालगन्ज एउटा ऐतिहासिक शहर हो ।
यसको आफ्नै गरिमा र महत्व छ, रहिरहनेछ तर नेपालगन्जबासी केही आदरणीय महानुभावहरूमा कहि कतै अन्य पालिकाको उन्नयनमा बेलाबेला इश्र्याभाव देखिन्छ, यो हामी सबै बाँकेबासिका लागि दुर्भाग्यपूर्ण छ र यहि नियती दोहोरिँदै गए दुर्भाग्य भै रहनेछ ।
खासमा अहिलेको हाम्रो नेपाली समाजकै मुख्य समस्या भनेकै कुनैपनि विषयवस्तुमा गहिरो अध्यन नगर्ने÷गर्न नचाहने अझै भनौँ सतही अध्ययनबाट तत्काल धारणा बनाउने र सामाजिक सञ्जालबाट हतारमा सार्वजनिक गर्ने र समाजलाई थप अन्यौल र द्वन्द्वतर्फ लैजाने ।
यो हाम्रो अहिलेको अफापको नियती हो र यो नियतीले हामी सबैलाई पोलिराखेको छ र यसको निरन्तरता कहिलेसम्म हुन्छ यसै भन्न सक्ने अवस्था छैन् ।‘ मेरा आफ्नै केही स्मृतिहरू ताजै छन् ।
म विद्यार्थी संगठनमा काम गर्दा जिल्लाको नेतृत्वको दाबी गर्दा सहजै अयोग्य प्रमाणित गर्ने भरपुर प्रयास हुन्थे, किन कि म नेपालगन्जको स्थानीय थिइन् यो नियती धेरैजनाले भोग्नु पथ्र्याे तथापी धेरै नेतृत्वहरू नेपालगन्ज बाहिरकै हुन्थे ।
के स्थानीय भावनाले मान्छेको व्यक्तित्व–नेतृत्व विकास स्वतह सम्भव छ ? अहिले कोहलपुरमा मालपोत, नापी, इलाका प्रशासन आदि कार्यालयले सेवा सुचारु गरिसकेपछि अब यातायातको ट्रायल सेन्टर भएकै ठाउँबाट बाँकी सेवा लिन पाउनु कोहलपुरबासीको अधिकार नै हो ।
बरू यो कोहलपुर, बैजनाथ र राप्ती सोनारीका नागरिकको अधिकार स्थापित गरिदिने कुरामा वकालत गरिदिन नेपालगन्जबासीमा बिनम्र अनुरोध छ । ‘किन चाउरिस्, मरिछ आफ्नै राग’ ले भने जस्तै नेपालगन्ज किन आफैँमा संकुचनको सिकार भै रहेको छ यो नेपालगन्जबासीले नै गम्भीर समिक्षा गर्नु पर्छ किन भने मस्तिष्कमा बाँके भनेकै नेपालगन्ज हो भन्ने सोच राख्ने व्यवहारमा हृदय ठूलो बनाएर सिङ्गो बाँके जिल्लाको अभिभावकत्व निर्वाह गर्न सक्ने चौडा छाती बनाउन नसक्ने ? हो यहि कारण हो नेपालगन्ज दिन प्रतिदिन रुग्न बन्दै गैरहेको जसको कारण हामी कोहलपुरबासीले पनि थुप्रै नकारात्मक प्रभावहरूको सामना गरिरहेका छौँ । त्यसैले हामी चाहान्छौँ नेपालगन्जले आफ्नो विगतको पुनरागमन गराउन सकोस् शुभकामना छ ।
‘अब अहिलेको प्रसङ्गतर्फ जाउँ’यातायात कार्यालय तु का तु छामापार शैलीमा कोहलपुर स्थानान्तरण हँुदैछ, त्यसैले नेपालगन्जले कोहलपुरसँग गुरिल्ला युद्धको तयारी
गर्नुपर्छ । यस्तै यस्तै भावका अझै क्रान्तिकारी अभिव्यक्ति भन्ने कि रोइलो भन्ने सामाजिक सञ्जालमा छरप्रस्ट छन् र सामाजिक सञ्जालमा वादप्रतिवाद चलिरहेका छन् अब वादप्रतिवाद हैन् संवादको जरूरी देख्छु म । नेपालगन्जको यातायात कार्यालय कोहलपुर सारिदैँ छैन् नेपालगन्जबाट सेवा लिने सेवाग्राही कोहलपुर, बैजनाथ, राप्ती सोनारी लगायतका नागरिकहरूको सेवाको लागि एउटा युनिट कोहलपुरमा सुचारु गर्न खोजिएको मात्रै हो ।
नेपालगन्जबासीले १६ किलोमिटर टाढा सेवा प्राप्त गर्न जानु पर्ने छैन ढुक्क हुनुहोस् । समय परिवर्तनशिल छ, जनताका आवश्यकता असिमित छन् । जनतालाई सरल र सहज सेवा प्रवाह आजको वैज्ञानिक आवश्यकता हो । यो तथ्य बुझ्नु पर्छ र बुझाउनुपर्छ । समयको गति अनुसार आफू रूपान्तरित हुनु पर्छ त्यो रूपान्तरणको पथमा नेपालगन्ज जाओस् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्