माओवादी केन्द्रको नेपालगन्ज नगर पार्टी कार्यालयको उद्घाटन

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका पार्टी कार्यालयको उद्घाटन गरिएको छ । आईतवार एक कार्यक्रमबीच २७औं जनयुद्ध दिवसको अवसर पारेर उक्त पार्टी कार्यालयको उद्घाटन गरिएको हो ।

नेपालगन्ज ४ स्थित सेतु बिक चोकको दक्षिणपुर्ब (बागेश्वरी क्युएफएक्सको पुर्ब)मा रहेको सो कार्यालयको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य, बाँके संयोजक तथा लुम्बिनी प्रदेश सभा सदस्य आइपी खरेलले उद्घाटन गरेका हुन ।

कार्यालय उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका प्रदेश, जिल्ला तथा नेपालगन्ज उपमहानगरपालिका कमिटीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।