Kohalpur Today Header Ads

बाँकेमा ४२ हजार मतदाता थपिए




काेहलपुर ।

बाँकेमा करिब ४२ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले साउनदेखि माघ २४ गतेसम्ममा जिल्लामा करिब ४२ हजार मतदाता थपिएको जानकारी दिए ।

यद्यपी जिल्लाको यकिन मतदाता संख्या निकाल्न भने केही दिन लाग्ने उनको भनाइ छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई माघ २९ गतेसम्म बसाइसराइसहितको यकिन तथ्यांक पठाउन निर्देशन दिएको थियो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

निर्वाचन कार्यालय बाँकेले एक महिनाभित्र मतदाता संख्या यकिन हुने बताएको छ। जनशक्ति अभावका कारणले बाँकेले त्यो काम पूरा गर्न सकेको छैन ।

निर्वाचन अधिकारी सुवेदीले अहिले मतदाता नामावली मिलाउने काम द्रुतगतिमा भइरहेको बताए । २०७७ पुस ५ गतेसम्ममा बाँकेमा दुई लाख ८८ हजार १४२ मतदाता थिए । नयाँ मतदाताको संख्या अद्यावधिक भएको छैन् ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन १ गते आइतबार