Kohalpur Today Header Ads

खजुरामा आँगनमा खेलिरहेकी तीन वर्षीया छोरी बेपत्ता




नेपालगन्ज ।

आफ्नै घरको आँगनमा खेलीरहेकी तीन वर्षीया बालिका बेपत्ता भएकीछन् । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–६ सिमलघारीका वीरेन्द्र पुनकी ३ वर्षीया छोरी लक्ष्मी पुन आईतबार बेलुकी घरबाटै बेपत्ता भएकी हुन् ।

घरको आँगनमा खेलिरहेकी बालिका अचानक बेपत्ता भएपछि जंगली जनावरले लगेको हुनसक्ने स्थानीयहरूले आशंका गरेका छन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

बालिका खोजी गर्दा नभेटिएपछि परिवारले गएराति १० बजे प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तुलबहादुर कार्कीले बालिकाको खोजी भइरहेको जानकारी दिए ।

‘जंगल नजिकैको वस्ती हो । बाघले लग्यो कि भन्ने शंका छ । हामी खोजिरहेका छौं,’ एसपी कार्कीले भने । यो समाचार तयार पार्दा सम्म हराइरहेकी तीन वर्षीया बालिका भेटिएकी छैनिन् । उनको खोजी कार्य जारी छ ।

सेताेखरीबाट साभार

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ ३१ गते सोमबार