Kohalpur Today Header Ads

मन्त्रालयका तत्कालीन उपसचिवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा




काठमाडौँ । मधेस प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तत्कालीन उपसचिव अवधकिशोर प्रसाद कुशवाहासमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गैरकानुनी लाभ तथा हानी पुर्‍याई राज्यकोषको सम्पत्ति भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कुशवाहालगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा ईलाका प्रहरी कार्यालय, गौशाला, महोत्तरीको कम्पाउण्ड वाल निर्माण कार्य गर्दा गुणस्तरहीन काम गराएर रकमहिनामिना गरेको ठहर गर्दै अख्तियारले कुशवाहा, पूर्वाधार विकास कार्यालय, धनुषाका तत्कालीन निमित्त प्रमुख रविचन्द्र पजियार र करार सेवामा कार्यरत तत्कालीन इन्जिनियर राममनिज यादवका साथै निर्माण व्यवसायी राकेश प्रसाद जायसवालविरुद्ध मुद्दा दायर गरेको हो ।

LIfe Ok

उनीहरुविरुद्ध पाँच लाख एकतीस हजार चार सय अठ्ठाइस रुपैयाँ पैसा सत्तरी बिगो कायम गरी कानुन अनुसार सजाय र जरिवानासमेत मागदाबी गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहीबार