भगवती पोख्रेल, कोहलपुर ।
वैदिक धर्म परिषद नेपाल बांकेको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त सम्मेलनले सुदर्शन देवकोटाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति छनौट गरेको छ ।
सनातनी ॐ कार समुदायका हिन्दू, बौद्ध, जैन, चार्वाक र शिख धर्म वा समग्र ॐ कार ध्वनिहरुको समावेशीता द्वारा गठित वैदिक धर्म परिषद नेपालको स्थापना भएको हो ।

उक्त अधिवेशनमा बोल्दै परिषदका केन्द्रिय उपाध्यक्ष एवम् प्रमुख अतिथि तेजु भण्डारीले वैदिक सनातनी मात्र नभई ॐ कार समाजका सबैको सहभागीताले नेपाल र नेपालीको अस्तित्व हुने वताए । देशमा भएको कलह, द्वन्द्व असुरक्षित महशुल पनि सनातनीहरुको कर्मको फल भएको वताए ।
कार्यक्रममा बोल्दै वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्राध्यापक एकराज शर्माले आधारभूत तहमा हिजो नैतिक शिक्षा र संस्कृत शिक्षाका साथै व्यावसायिक शिक्षाको अध्ययन हुने गरेको तर वर्तमानमा यसको अभावको कारण हरेक नागरिक कर्तव्यहिन भएको वताए ।
उनले आज अमेरिका, वेलायत, जापान जस्ता क्रिस्चियनहरू भएको मुलुकमा वेदको पठनपाठन मात्र होइन अनुसन्धान समेत हुने गरेको भएपनि नेपालमा वेद लाई कर्मकाण्डका रूपमा बुझाउनु दुख भएको धारण व्यक्त गरे ।

कार्यक्रममा विभिन्न विद्वान तथा विदुषिको उपस्थित रहेको थियो । उक्त सम्मेलन वैदिक धर्म परिषदका अध्यक्ष भानुभक्त पान्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव एकराज शर्माले गरेका थिए । सम्मेलनले ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नयाँ कार्यसमितिमा अध्यक्ष सुदर्शन देवकोटा, वरिष्ठ उपाध्यक्ष यज्ञ प्रसाद शर्मा आचार्य, उपाध्यक्ष सुमित्रा न्यौपाने, सचिव एकराज शर्मा आचार्य, सह सचिव मोहन कुमार उपाध्याय खनाल, कोषाध्यक्ष दिनेश उपाध्याय सदस्यहरु सुमित्रा न्यौपाने, शंकर न्यौपाने, यशोदा खत्री, तिलक राम पौडेल, यज्ञमणि चालिसे, राधिका सापकोटा लाई सर्वसम्मत चयन गरेको सचिव शर्माले कोहलपुर टुडे लाई जानकारी दिए । वैदिक धर्म परिषदको तेस्रो जिल्ला सम्मेलन २०७४ सालमा भएको थियो । कार्यसमितिको पदावधि पांच वर्षको हुने व्यवस्था छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्