बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिन एमालेको निर्णय




हेटौँडा ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई एमालेले विश्वासको मत नदिने निर्णय गरेको छ ।

नेकपा एमाले संसदीय दल बागमती प्रदेशको शनिबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने र विपक्षमा मत गर्ने निर्णय गरेको हो ।

एमालेले आफ्ना सांसदहरूलाई आइतबारको प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुने र विपक्षमा मत हाल्न ह्विप जारी गरेको संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेलल जानकारी दिए ।

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेल नेतृत्वको सरकारबाट असार २४ मा एमालेले समर्थन फिर्ता लिएको थियो ।

एमालेले समर्थन फिर्ता लिँदै ५ मन्त्रीको सामूहिक राजीनामा गराएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिबार