कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नं ६ रझेनामा शनिबार निशुल्क स्वस्थ्य जाँच तथा आँखा शिविर सम्पन्न भएको छ ।
सिटिजन्स बैंक कोहलपुर शाखाको आयोजना कौशिल्या अस्पताल प्रालि कोहलपुरको प्राविधिक सहयोग र कोहलपुर वडा न ६ वडा कार्यालयको समन्वयमा संचालन गरिएको सो शिविरमा करिब १ सय जनाले सेवा लिएको कौसिल्या अस्पताल कोहलपुरमा प्रशासन पमुख शंकर न्यौपानले जानकारी दिए ।
शिविरमा डा दिपक कुमार गुप्ताले जनरल स्वस्थ्य चेकजाच गरेका थिए भने दृष्टिरोग विशेषज्ञ डा निरज काफ्लेले आँखा सम्बन्धी परामर्श तथ चेकजाच गरेका थिए ।
शिविरको उद्घाटनसत्रमा सिटिजन्स बैंक कोहलपुर शाखा प्रमुख दिनेश ढुंगानाको, वडा न ६ का वडाध्यक्ष कृष्ण थारु,कौसिल्या अस्पताल कोहलपुरका प्रबन्ध निर्देशक राम न्यौपाने लगायतको सहभागीता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्