असारे बजेटलाई माटोमा मिलाउन खोज्दा भवनको भत्कियो छत

कोहलपुर ।

‘चाउरे पचाउरे खुर्पाको विँड, के खान्छस् चाउरे सँगुरको लिँड’ भने जस्तै भयो असारे बजेट । असारमा गरिएको काम न टिक्छ न गुणस्तरीय नै हुन्छ । जसरी हुन्छ बजेट सक्काउने र पचाउने भन्दा अरु केही देखिदैन ।

यो घटना कोहलपुर नगरपालिका २ वडामा रहेको लक्ष्मी माविको हो । लक्ष्मी माविमा प्रदेश सरकारको योजना अनुसार बन्न लागेको ८ कोठे भवनको छत भत्किएको छ ।

लक्ष्मी माविमा प्रदेश सरकारको योजना अनुसार बन्न लागेको ८ कोठे भवनको छत भत्किएको छ । भवन बनाउने क्रम पनि जारी नै छ तर सकिएको छैन । एकातिर काम सुरु छ भने अर्को तिर भत्किदै छ ।

कोहलपुर टुडे डटकम ले कुराकानीमा, निर्माणको ठेक्का पाएका एनविएल कन्ट्रक्सनका सञ्चालकका अनुसार ढलान करिब २० दिनमा खोलिनुपर्नेमा ५ दिनमा खोलिँदा सेट नभएका कारणले भत्किएको बताए । प्राविधिक त्रुटीका कारणले यो समस्या आएको हो तर त्यसलाई हामीले पुनः मर्मत गर्न लागेको सिंहले बताए ।

पेटी ठेकेदार किसुन थारुले असार २० गतेसम्म नै काम सकाउने भएपछि छतको काम भएको थियो तर बनेको केही दिनमा नै भत्किएको थारुले बताए ।

‘काम गर्न क्रममा त्रुटी हुन्छ अहिले त्यहि भएको हो’ लक्ष्मी माध्यामिक विद्यालयका प्रअ जय बहादुर विष्टले भने, ‘तर यसमा गुणस्तरहीन काम भएको छैन ।’ लक्ष्मी माविलाई घेराबन्दीमा पार्नका लागि अतिरञ्जित क्रियाकलाप गर्ने गरेकोमा उनको गुनासो छ ।

उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार आचार्यले डिआर अनुसार निर्माण भएको हो तर त्यसमा हाम्रो काँही कतै कनेक्सन नभएको बताए । तर विभिन्न चोकचौराहमा गरिने कुराकानीले केही फरक पार्र्दैन काम पुनः हुन्छ उनले भने ।

निर्माण व्यवसायीले माघ महिनामा करिब ८६ लाख रकम बराबरमा भवन निर्माण गर्न लागिएको सामाजिक डिविजन कार्यालय प्रमुख उद्धव श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अहिलेसम्म ५० लाख भुक्तानी दिएको र अन्य दिन बाँकी रहेको बताउँदै उनले भत्किएको छतलाई पुनः मर्मत गर्न निर्देशन दिएको बताए ।