कोहलपुर ९ मा क्यान्सर सम्बन्धी स्किृनिङ शिविरबाट ७० जना भन्दा बढिले लिए सेवा

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ९ मा क्यान्सर सम्बन्धी स्किृनिङ शिविर सञ्चालन भएको छ ।

शनिबार कोहलपुर वडा नं. ९ वडा कार्यालयको आर्थिक सहयोग र आर.एम.हस्पिटल प्रा.लिको प्राविधिकको सहयोगमा कोहलपुर ९ मा मा क्यान्सर सम्बन्धी स्किृनिङ शिविर सञ्चालन भएको हो ।

कोहलपुर ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले वडाबासीका लागि निःशल्क शिविर र औषधी समेत वितरण गरेको बताए ।

वडामा भएका अपाङ्ग, असाय, गरिब वर्गका लागि यो शिविर राखेको बताउँदै सेवा लिन आएका सम्पूर्ण व्यक्तित्वहरुलाई धन्यावद समेत दिएका थिए । वडा अध्यक्ष योगीका अनुसार शिविरबाट ७० जना भन्दा बढिले सेवा लिएको बताए ।

यस्तै स्त्री रोग विशेषज्ञ प्रा.डा. कविता सिंह पाण्डे र डा. होमनाथ अधिकारीले १ जनामा भने ट्यूमर देखिएको र १ जनामा क्यान्सर जस्तो देखिने मासु पलाएको हुनसक्ने भन्दै भिडियो एक्सरे गर्नका अनुरोध गरेको बताएका छन् ।

साधारण स्वास्थ्य परिक्षण डा.गोविन्द प्रसाद थारु, डा. चेतन न्यौपाने रहेका थिए ।