भगवती पोख्रेल, कोहलपुर ।
कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरमा रामायण वाचन प्रतियोगिता भएको छ । १७ औ पुस्तकालय दिवस तथा पुस्तकालयको २० औ साधारणसभाको अवसर पारी सप्ताहव्यापी कार्यक्रम गर्न लागेको हो । सप्ताहव्यापी कार्यक्रम अन्तरगत खुला रामायण वाचन प्रतियोगिता राखेको हो । हिन्दू धर्म, परम्परा, संस्कार र संस्कृतिको संरक्षण गर्न र पछिल्लो पुस्तामा त्यो हराउँदै आएकोले यो कार्यक्रम प्रभावकारी भएको प्रमुख अतिथि पन्डित हरिप्रसाद आचार्यले जानकारी दिए । उनले भने हामी निकै पछाडी परेका छौ हामिले हाम्रो पुस्ता लाई वेद, पुराण, रामायण र गिताको ज्ञान अरु लाई दिन नसक्दा आउने पुस्तामा हरांउदै गएको वताए ।

सरकारले नेपाल लाई धर्म निरपेक्षता घोषणा गरेसंगै हिन्दू परम्पराको अंगिकारमा कमि आएको वताए । पन्डित हरि प्रसाद उपाध्याय, प्राध्यापक एजराज शर्मा कैलास ढकालले संयुक्त रूपमा स्वस्तिवाचन गर्दै कार्यक्रमको समुदघाटन गरिएको थियो । खुला भानुभक्तिय रामायण वाचन प्रतियोगिता नेपालकै नमूना कार्यक्रम भएको र यसखाले कार्यक्रम गर्नु उपयुक्त भएको नारायण प्रसाद सिग्देलले वताए ।

१४ जना सहभागी भएको उक्त कार्यक्रममा जेष्ठ नागरिक, समाजसेवी, बुद्धिजीवी बालबालिका शिक्षक लगायत पत्रकारहरुको उपस्थित रहेको थियो । उक्त प्रतियोगितातामा शोभना देवकोटा प्रथम, चन्डिका उपाध्याय द्दितिय, चांदनी उपाध्याय तृतीय र एल एन सिग्देल सान्त्वना स्वस्तिका भुषाल सान्त्वना स्थान हासिल गरेको पुस्तकालयका सचिव एकराज शर्माले जानकारी दिए ।

प्रथम, द्दितिय, तृतीय र सान्त्वना स्थान प्राप्त सहभागीहरु लाई भाद्र १५ गते नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएने भएको छ । पुस्तकालयले भाद्र -८ गते आधारभूत तहको शैक्षिक नगरी कोहलपुर शिर्षकमा चित्रकला प्रतियोगिता, भाद्र १० गते निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने शिर्षकमा माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता,१४ गते रक्तदान कार्यक्रम सहित कोहलपुरमा लागू पदार्थ दुर्व्यसनी सम्बन्धि वृहत् र्याली भाद्र १५ गते पुस्तकालय दिवस तथा साधारण सभा गर्ने सचिव शर्माले जानकारी दिए ।

प्रतियोगिता कार्यक्रममा हाम्रो पुर्णिमा साहित्य प्रतिस्ठानका नवनिर्वाचित कार्यसमिति लाई पुस्तकालयले बधाई तथा शुभकामना दिएको थियो । बधाई कार्यक्रममा बोल्दै प्रतिस्ठानका अध्यक्ष पुस्करनाथ रिजालले पुस्तकालय र पुर्णिमा बिच निकट सम्बन्ध रहेको वताए । पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको सभापतित्वमा भएको कार्यक्रम सचिव एकराज शर्माले सहजीकरण गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्