Kohalpur Today Header Ads

कोहलपुरमा चिट चोराउन खोज्ने दुई जना पक्राउ




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा चिट चोराउन खोज्ने दुई जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर १४ मा रहेको राम माविबाट चिट चोराउन खोज्ने दुई जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कोहलपुर ११ का साईमल कार्की र १२ का अर्जुन थारु रहेका छन् । माध्यामिक शिक्षा परीक्षा (एसईई) मा नियमित परीक्षार्थीको पुरक (ग्रेड बृद्धि) को परीक्षा २३ गतेबाट सञ्चालन भइरहेको छ ।

आज गणित विषयको परीक्षा थियो । गणित विषयको परीक्षा सञ्चालन भइरहेको बेला विद्यालयको पछाडीबाट चिट चोराउन खोज्नेलाई प्रहरीले पक्राउ गरेको राम माविका प्रअ तथा सुपरटेन्ट जितेन्द्र यादवले जानकारी दिए ।

LIfe Ok

प्रहरीको टोली पनि नजिकै थियो पर्खालबाट माथि चढेर चिट चोराउन खोज्ने प्रयास गरेका हुन् । उनीहरुलाई अहिले प्रहरीले पक्राउ गरिसकेको यादवले कोहलपुर टुडे डटकमलाई जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीका अनुसार चिट चोराउन खोज्नेलाई नियन्त्रणमा लिइसकेको र  उनीहरुलाई परीक्षाको सुपरटेन्टले कारवाहीको लागि निवेदन दिएपछि कारवाही हुने जानकारी दिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन २५ गते शुक्रबार