कोहलपुरमा धागो चुरा तथा कृष्टलको गहना बनाउने तालीम सम्पन्न

कोहलपुर
बाँकेको कोहलपुरमा धागो चुरा तथा कृष्ट्लको गहना बनाउने ७ दिने तालिम शनिबार सम्पन्न भएको छ ।
गोरखनाथ ट्रेडिङ सेन्टर कोहलपुरको आयोजनामा संचालन गरिएको तालिमको समापनसत्रमा बोल्दै लुम्बिनी प्रदेश उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कृष्णा केसी नमुनाले आफुले राप्तीसोनारी, नैरानापुर कोहलपुरका महिलाहरुका लागि सिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने योजनाका साथ अघि बढेको बताइन् । साथै उनले आफुले उत्पादन गरेका सामाग्री बजारीकरण गर्न प्रदेश सरकार हातेमालो गर्न तयार भएको बताइन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा न ११ कि वडाध्यक्ष कल्पना शर्माले तालीममा सिकेको कुरा व्यवहारमा उर्तानुपर्ने बताइन् । महिलाहरु उद्यमी बन्नुपर्ने र त्यसका लागि वडाबाट हुने सहयोग गर्न आफू तयार रहेको बताइन् ।
कार्यक्रममा तालीमका सहभागीहरुलाइ प्रमाणपत्र वितरण गरिएको थियो ।
तालिम प्रशिक्षक दिपिका केसी अर्यालले सहजीकरण गरेकि थिइन । गोरख ट्रेनिङ सेन्टरकी प्रबन्ध निर्देशक मधु खड्काको सभापतित्वमा भएको कार्यक्रम दलित महिला संघ फेडो बाँकेकी अध्यक्ष निर्मला सुनार, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो भने तालिमा २२ जना सहभागि रहेका थिए ।