चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु




कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका-७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असार ११ गते मंगलबार