मदनचोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा सुर्खेतका वलीको मृत्यु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-३ मदनचोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्खेत गुर्बाकोट नगरपालिका-९ घर भई बाँके नेपालगंज उपमहानगरपालिका—१५ जमुनिया डेरा गरी बस्ने ४५ वर्षीय बल बहादुर वली रहेका छन् ।

भे. ९ प २३३३ नम्बरको मोटरसाइकल भे. १ त ३६९३ नम्बरको ट्रयाक्टरमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा वली गम्भीर घाइते भएका थिइ ।

उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।