अफवाह नफैलाउन बैजनाथ गाउँपालिकाको ध्यानआकर्षण




कृष्ण कुमार शाही, बैजनाथ ।

बैजनाथ गाउँपालिकाले सामाजिक सञ्जालमा विभिन्न समितिका संयोजकको नाम जोडर अफवाह नफैलाउन ध्यानआकर्षण जनाएको छ ।

बैजनाथ गाउँपालिकाले सोमबार एक विज्ञप्ती सार्वजनिक गर्दै नेपाल तरुण दलका केही व्यक्तिले सामाजिक सञ्जालमा कपोकल्पीत र भ्रमित रुपमा अनुगमन र पूर्वाधार समितिका संयोजकको नाम जोडर अफवाह नफैलाउन ध्यानआकर्षण जनाएको हो ।

गाउँकार्यपालिकाको निर्णय र सार्वजनिक खरिद ऐन तथा नियमावलीमा भएको व्यवस्था अनुसार कार्यान्वयन भएको पालिका अध्यक्ष बताउँदै भ्रमित नहुन पालिकाबासीलाई अनुरोध गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘चालू आर्थिक वर्षमा पालिकाबाट अनुगमन विना कुनै पनि योजनाको भुक्तनी भएको छैन, गाउँपालिकाले नियमानुसार विकास निर्माणका कार्यहरु गरी रहेको छ ती योजनाहरुको अनुगमनमा लागि पालिकामा धेरै निवेदन पेश भएका छन् । साथै अनुगमण समितिबाट धेरै योजनाहरुको अनुगमन समितिबाट हुँन बाकी रहेका छन् ।’

गाउँपालिकाले सामाजिक संजालमा आएका अभिव्यक्तिहरु कपोलकल्पित, भ्रामक, व्यक्ति केन्द्रित झुठ्ठा आरोप मात्र रहेको गाउँपालिका बासीहरुमा जानकारी दिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असार ११ गते मंगलबार